ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अत्यावश्यक सेवा ठप्प पार्नेलाई अब निगमले कारबाही गर्छ – कार्यकारी निर्देशक भट्टराई


एबीसी न्यूज
४ आश्विन २०७५, बिहिबार   ११ : ४२   बजे


काठमाडौँ, ४ असोज । हिन्दुहरुको महान चाड दशै तिहार नजिकदै गर्दा देशभर पेट्रोलियम पदार्थको अभाव सुरु हुन थालेको छ।
ट्यांकर चालकको अवरोधका कारण पेट्रोलियम पदार्थको अभाव देखिन थालेको हो ।
देशभर विभिन्न रुटमा सञ्चालित १ हजार ९ सय ट्यांकर चालकमध्ये अधिकांशले अहिले पेट्रोलियम ढुवानी रोकेका कारण राजधानीका पेट्रोल पम्पमा लाइन सुरु भएको छ।

नेपाल आयल निगमका अनुसार मंगलबारदेखि ती चालकहरूले पेट्रोलियम ढुवानी गरेका छैनन्। भण्डारण क्षमता कमजोर रहेका कारण आपूर्तिमा अवरोध हुँदा पेट्रोलियम पदार्थको अभाव सुरु भएको हो।

‘हामीसँग चालक र ढुवानीकर्ताको कुनै माग छैन,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘तर, पेट्रोलियम ढुवानी रोकिएको छ।’ बुधबार निगमले प्रेस विज्ञप्ति जारी गर्दै चालकहरूको अवरोधप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ। ‘ट्यांकर चालकहरूबाट आपूर्ति असहज पार्ने प्रयास गर्नु निकै दुःखद् पक्ष हो ।

’ निगमद्धारा जारी विज्ञप्तिमा भनिएको छ। वैज्ञानिक ढुवानी भाडामा समायोजन गरिसके पनि पुनः विभिन्न बहानामा पेट्रोलियम पदार्थको आपूर्तिमा असहज पार्न खोज्नु दण्डनीय भएको निगमले जनाएको छ। पेट्रोलियम ढुवानीका लागि सरकार सुरक्षा दिन तयार रहेको निगमका कार्यकारी निर्देशक भट्टराईले बताए।

‘चालकहरूको तलबभत्ता, संचयकोष, ट्रिप भत्ता लगायतका मागहरू निगमले पूरा गर्ने सहमति भइसकेको छ,’ उनले भने, ‘तर पनि किन आपूर्ति असहज भइरहेको छ बुझ्न सकेका छैनौं।’ अहिले अधिकांश ट्यांकर चालक निगमकै सम्पर्कमा छैनन्। आपूर्तिमा अवरोध गर्ने प्रयास जारी रहे कारबाही गर्ने चेतावनी निगमले दिएको छ। ‘पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पर्नेगरी पिडिओ नलिने, भारतीय आयल निगममा लोड लिन नजाने, डिपोमा लोड लिएर नआउने, बिक्री वितरणमा असहयोग गर्ने लगायतका कार्य गरेको पाइएमा सम्बद्ध सबै पक्षलाई निगम विनियमावली बमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्ध गरी खारेज गर्नेसम्मकोको कडा कारबाही गरिनेछ,’ निगमले चेतावनी दिएको छ।

ढुवानी नगर्ने हो भने ट्यांकरको साँचो बुझाउन निगमले चालकलाई चेतावनी दिएको छ। ‘अत्यावश्यक सेवा ठप्प पार्नेलाई अब निगमले कारबाही गर्छ,’ निगमका कार्यकारी निर्देशक भट्टराईले भने। केही समयअघि निगमले ट्यांकरमा लकिङ प्रणाली सुरु गरेदेखि नै चालकहरूले असन्तुष्टि जनाउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group