ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री ओली


एबीसी न्यूज
४ आश्विन २०७५, बिहिबार   २ : ३६   बजे


काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आज सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले स्वदेशी निर्माण व्यवसायीहरुको स्तर र क्षमता वृद्धि गर्नमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

देश विकासको जिम्मा निर्माण क्षेत्रकै काँधमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो पेशालाई मर्यादित बनाउन आग्रह गर्नुभएको छ । “तपाईंहरुको काँधमा देश निर्माणको ठुलो जिम्मेवारी छ ।

तर, तपाईंहरु भित्र रहेका विसंगतिहरुको अन्त्य हुनु पनि जरुरी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “एउटा काम गर्न सक्ने क्षमता भएको व्यवसायीले २० वटा काम जिम्मा लिने । अनि एक बर्षमा सकिने कामका लागि २०बर्ष पर्खनु पर्ने ? यस्तो थिती अब चल्दैन ।”
प्रधानमन्त्री ओलीले सबै उत्पादनसँग निर्माण क्षेत्र सम्बन्धित रहेको बताउनुभएको छ ।

“किसानले उत्पादन गरेको कृषि उपज आयात निर्यात गर्न होस वा कुनै औद्योगिक उत्पादन आपूर्ती गर्न निर्माण क्षेत्र कै भूमिका हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“हालै जारी गरिएको मुलुकी संहिता अथवा अन्य कुनै विद्यमान कानुनले कही कतै अफ्ठेरो परेको छ भने त्यो संसोधन गरिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर त्यो सबै तपाईंहरुको पक्षमा हुन्छ भन्ने हुदैन । जनताको पक्षमा हुने गरी सशोधन गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : बैंकका १५ कर्मचारी सम्पर्कविहीन, थप चार जनासँग सम्पर्क स्थापित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रमा ठूलो क्षति, नौ शाखा प्रभावित र २४ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu