काठमाडौं, ४ असोज । विहीबार बिहान सुनसरीको भुताहामा नेकपाका जिल्ला नेता तथा स्थानीय एउटा बोर्डिङका संस्थापक मौलाना खुर्सिद अन्सारीमाथि मोटरसाइकलमा आएका ४ जना व्यक्तिले हत्या गरे। र, हत्याराहरु सुरक्षित रुपमा भारततर्फ भाग्न सफल भए। नेपाल भारत सिमामा बसको शसस्त्र प्रहरीले कुनै प्रतिक्रिया नगर्दा अन्सारीका हत्याराहरु भाग सफल भएका हुन ।
स्थानिय बासीका अनुसार हत्या गरिएका खुर्सिद अन्सारी स्थानीय स्तरमा पढेलेखेको र बुद्धिजीवी बर्गको मानिस हुनुका साथै आफ्नै लगानीमा भुताहामा एउटा बोर्डिङ स्कूल स्थापना चलाउने गरेका थिए । बिहान साढे १० बजेतिर उहाँ स्थानीय चियापसलमा चिया खाएर घर फर्कँदै गर्दा गर्दा एक्कासी मोटर साइकलमा आएकामध्ये एकजनाले उनको कञ्चटमा हत्याराले गोली चलाएका थिए । भुताहाबाट भारतीय सीमाना ७ किलोमिटर मात्र टाढा छ। सीमानासम्म पुग्ने एउटा मात्र बाटो छ।
पिच गरिएको त्यो बाटो बाहेक अर्को बाटो छैन। गोली हानेर गएका हत्याराहरुलाई मोटरसाइकलमै स्थानियहरुले पछ्याउँदै जाँदै गर्दा । भारतीय सीमाना पुग्नु अगाडि घुस्की भन्ने ठाउँमा प्रहरी चौकीमा नजिक पुगेर हत्यारालाई , बाटो छेक, पक्राउ गर भनि कराए पछि एउटा प्रहरी अगाडि आएर बाटो छेक्दाछेक्दै उनीमाथि पनि दुई गोली चलाए प्रहार गरे भाग्न सफल भए। प्रहरीलाई समेत गोली हानेर अघि बढेका उनीहरुलाई स्थानियहरुले पछउन छाडेका थिएनन् र भारतिय सिमा नजिक घुस्कीमा जस्तै युवहरुले सशस्त्र प्रहरीको क्याम्पनिर पुगेपछि पनि कराए, ‘यिनीहरु हत्यारा हुन्, यिनीहरुले प्रहरीलाई र अर्को एकजनालाई गोली हानेका छन्’ भनेर तर सीमानामा रहेको सशस्त्र प्रहरीको क्याम्पका इन्सपेक्टरलाई पनि घटनाबारे जानकारी गराउन फोन गरिएको थियो। उनीहरु सीमानामा पुग्ने एउटैमात्र बाटो भएकाले त्यहाँ रहेको सशस्त्र प्रहरीले उनीहरुलाई पक्रन सक्छ भन्ने विश्वास थियो।
तर, न इन्सपेक्टरले फोन उठाए, न पछाउदै गएका युवाहरुले उनीहरुलाई ‘पक्रनु, गोली हान्नु’ भन्दा त्यहाँ ड्युटीमा रहेका सशस्त्र प्रहरीले कुनै रेस्पोन्स गरे। ‘हामीलाई कुनै आदेश छैन’ भन्दै उनीहरु चुप लागेर बसे। सशस्त्र प्रहरीको अगाडी बाटै हत्याराहरु सजिलै सीमापारि पुगे ।
प्रतिक्रिया दिनुहोस्