ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण


एबीसी न्यूज
५ आश्विन २०७५, शुक्रबार   १० : ५२   बजे

हुम्ला, ५ असोज । हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले कम्प्युटर वितरण गरेको छ ।

गुडनेभर्स इन्टरनेशनलको आर्थिक सहयोग र किर्डाक नेपाल हुम्लाद्वारा सञ्चालित शिक्षा कायक्रमअन्तर्गत गाउँपालिकाको सीता मावि, छिप्रा र मालिका मावि, लालीलाई कम्प्युटर वितरण गरिएको गुडनेभर्स इन्टरनेशनल हुम्लाका संयोजक मनकुमार राईले बताउनुभयो ।
विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ र नयाँ टेक्नोलोजीतर्फ केन्द्रित गर्ने उद्देश्यले कम्प्युटर वितरण काय शुरु भएको हो ।

जिल्ला शिक्षा समन्वय एकाई प्रमुख वर्ष फडेराले सम्बन्धित विद्यालयका प्रधानअध्यापकलाई कम्प्युटर वितरण गर्नुभएको हो । मालिका माविलाई १० थान कम्प्युटर एक थान प्रोजेक्टर र सीता माविलाई आठ थान र एक प्रोजेक्टर वितरण भएको थियो ।

दुई विद्यालयमा गरी रु १० लाख २३ हजार २९२ बराबरको कम्प्युटर सामाग्री हस्तान्तरण गरिएको छ ।

जिल्लाको मध्यक्षेत्रमा पर्ने सर्केगाड गाउँपालिकामा रहेको हिमज्योति माध्यमिक विद्यालयमा वितरण गरेको कम्प्युटर अहिलेसम्म सञ्चालनमा आउन नसकेकामा भने समन्वय प्रमुख फडेराले त्यस्ता कमजोरी सुधार्न निर्देशन दिनुभयो ।

विद्यालयलाई प्रविधिमैत्री बनाउन सो कम्प्युटर सहयोगी हुने छिप्रा माविका प्रधानध्यापक जुनअराज हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu