ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकाको गाडी विवाहमा प्रयोग


एबीसी न्यूज
५ आश्विन २०७५, शुक्रबार   १२ : १५   बजे

चितवन , ५ असोज । सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग स्वयं मेयरले नै गर्छन् भने त्यसलाई के भन्ने अनि सार्वजनिक सम्पत्तिको खुलेआम दुरुपयोग हुँदा समेत प्रशासन रमिते हुन्छन् भने त्यसलाई चाहिँ के भन्ने । जनताले तिरेको करबाट लिएको सेवा सुविधाको एक नगरपालिकाले चरम दुरुपयोग गर्ने गरेका छन् ।

घटना गएको असोज ३ गते मंगलबार संबिधान दिवसका दिनको हो । उक्त दिन नेपाल सरकारले देशैभर नै सार्वजनिक बिदा दिएको थियो । तर, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल र उपमेयर इमानसिहं लामाले कानुनको धर्ज्जी उडाउदै नगरपालिकाको सवारीसाधन चरम रूपमा दुरुपयोग गरे ।

अरुलाई सरकारी सम्पत्तिको दुरुपयोग गर्नु हुन्न भनी पाठ पढाउनुपर्ने स्वयं मेयर साबहरु नगरपालिकाकै एक कर्मचारीको छोरीको विवाह भएको भन्दै मंगलबार रत्ननगरस्थित एक बिवाह घरमा सरकारी गाडी नै लिएर पुगेका हुन । सामान्यतः कुनै पनि सरकारी सवारीसाधन सार्वजनिक बिदाको दिन बाहेक अन्य समयमा चलाउन पाइदैन, यदी चलाउनु नै पर्ने कुनै अत्यावश्यक काम भए सम्बन्धि प्रशासनसमक्ष अनिर्वाय रूपमा पास लिनु पर्ने हुन्छ ।

तर, पुर्वी चितवनको राप्ती नगरपालिका का मेयर, उपमेयर साहेब त्यस्को कुनै प्रवाह नै गर्दैनन् । मेयर प्रभा बरालले बा. २. झ. २६२९ र उपमेयर लामाले बा. २. झ. ३६६६ नम्बरको गाडी लिएर उक्त बिहे घरमा गएका हुन् । यस्ले गर्दा पनि सरकारी सवारीसाधनको दुरुपयोग हुने क्रम अझै नरोकिएको स्पष्ट हुन्छ । नियमानुसार नगरपालिकाको उक्त गाडी कार्यालय प्रयोजनको लागी मात्रै प्रयोग गर्न पाइने स्पष्ट व्यवस्था भए पनि मेयरले कानुनको धोती लगाउदै बिवाहमा प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu