काठमाडौं, ५ असोज । विहीबार सुनसरीमा गोली हानी हत्या गरिएका मौलाना खुर्सिद आलम पाकिस्तानी जासूसी संस्था आईएसआइका लागि काम गर्ने व्यक्ति गरेको भारतीय सञ्चारमाध्यम आजतकले दाबी गरेको छन् ।
भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिदीनका सदस्यहरु बाटला इन्काउन्टर पछि भारतबाट भागेर नेपाल आएको र उनीहरुलाई खुर्सीद आलमले आश्रय दिएका थिए ।
इन्डियन मुजाहिदीनका ति मानिसको नेपाली नागरिकता र पासपोर्ट आलमले नेपालबाट बनाइदिएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।
आलमले इन्डियन मुजाहिदीनका सदस्यहरुको लागि खाना बस्नको व्यवस्था गर्दै आएका थिए । भारतीय सञ्चारमाध्यमहरुले आलम आईएसआईको नेपालका मुख्य व्यक्ति भएको दाबी गरेका छन् ।
विहीबार दुई वटा मोटरसाइकलमा आएका व्यक्तिले आलमलाई गोली हानी भारततर्फ भागेका थिए । हत्या स्थलबाट नेपाल भारत सीमा सात किलोमिटरको दुरीमा रहेको छ । सीमा रहेको प्रहरीले गोली चलाउने समूहलाई रोक्न खोज्दा प्रहरीमाथि नै उक्त समूहले गोली प्रहार गरेको थियो । त्यसक्रममा एक जना नेपाल प्रहरी घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्