ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाचार लेखेको भन्दै पत्रकारलाई धम्की


एबीसी न्यूज
५ आश्विन २०७५, शुक्रबार   ७ : २९   बजे

संखुवासभा, ५ असोज। समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने माथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभा सहित तीन ओटा पत्रकार संगठनले माग गरेको छ ।
शुक्रबार पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष इन्द्र गिरी, आदिबासी जनजाति पत्रकार महासंघ संखुवासभा शाखा अध्यक्ष नवीन गुरुङ र रिपोटर्स क्लव नेपाल संखुवासभा शाखा अध्यक्ष मोहन तामाङ्गले विज्ञप्ती जारी गर्दै धम्की दिनेलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्धा चलाउन माग गरेको हो ।

पत्रकार मेघराज तामाङले पाँचखपन नगरपालिका ७ मा रहेको निमनगडी साना किसान कृषि सहकारीको कार्यालयमा लगाइएको ताला २७ घण्टा पछि खुल्यो भन्ने समाचार प्रकाशन तथा प्रशारण गरेको विषयलाई लिएर पाँचखपन ७ का राजेश खड्काले मोबाईल नं. ९८४२११९२७१ बाट धम्की दिएका थिए । आयन्दा सहकारीको समाचार लेखेमा जेपनि गर्न सक्ने भनि अपशव्द प्रयोग गरि खड्काले धम्कीपूर्ण अभिव्यक्ति दिएको पत्रकार मेघराज तामाङले बताए ।

यस्तो किसिमको अभिब्यक्ति र धम्कीले आमनागरिकलाई सुसुचित तथा सूचना पाउने अधिकारलाई कुण्ठित बनाएको र सिंगो पत्रकारिता पेशाकर्मीलाई समाचार संकलन तथा प्रशारण र प्रकाशनमा समेत आघात पुग्ने भन्दै कारबाहीको माग गर्दै संगठनहरुले विज्ञप्ति जारी गरेको हो ।

उक्त विषयलाई लिएर सामाजिक संजाल फेसबुक मार्फत पत्रकारलाई अपशब्द र गाली गर्ने माथि पनि कारबाही गर्न तीन ओटै संगठनले माग गरेको छ । मिथुन भोटे संखुवासभाको छोरो फेसबुक आईडीबाट पत्रकारको प्रतिष्ठा माथि आँच आउने गरी अपशव्द प्रयोग गरेकाले निजलाई समेत कारवाहीको गरिपाउन भनि निवेदन दर्ता गरेको तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu