ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशमा महिला भएको नेपाल सम्भवत दुनियाँमा पहिलो देश : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
६ आश्विन २०७५, शनिबार   ७ : ११   बजे

काठमाडौँ, ६  असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीय भएको बताउनुभएको छ ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा आयोजित ‘लोकतन्त्र मेला’लाई आज सम्बोधन गर्दै उहाँले समावेशी प्रजातन्त्र र लोकतन्त्रमा महिला सहभागिताको दृष्टिले विश्वमै नेपाल एउटा उत्साहवद्र्धक उदहारणका रुपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ संसद्का विभिन्न समितिको निर्वाचनमा उल्लेख सङ्ख्यामा महिला नेत्री समितिको नेतृत्वमा आउनुभएको छ । झण्डै ९० प्रतिशत महिलालाई प्राथमिकता दिइएको छ । परिवर्तनको आन्दोलनमा साच्चै भूमिका खेलेका र सशक्त क्षमता भएका महिला समितिको सभापतिमा निर्वाचित हुनुभएको छ ।”

राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशमा महिला भएको नेपाल सम्भवत दुनियाँमा पहिलो देश भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यो कुनै संयोगले आएको नभई नेपालको राजनीतिक नेतृत्वले महिलालाई अगाडि ल्याएर मात्रै समतामूलक समाज निर्माण र साँचो लोकतन्त्र स्थापना गर्न सकिन्छ भन्ने सोचले सम्भव भएको बताउनुभयो ।

नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया र शान्ति प्रक्रिया पनि मौलिक प्रकृतिको रहेको दोहो¥याउँदै अध्यक्ष दाहालले मुलुकभित्रका राजनीतिक दल र नेतृत्वद्वारा परिस्थितिको विश्लेषण गरिएर निकालिएको निष्कर्षकै आधारमा राजनीतिक परिवर्तन र शान्ति प्रक्रिया अघि बढेको बताउनुभयो ।

उहाँले नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया र शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदाय, छिमेकी देश तथा विश्वभरीको लोकतन्त्रप्रति समर्पित बुद्धिजीवि र व्यक्तित्वको सहयोग, समर्थन र सद्भाव शुरु देखिनै रहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको राजनीतिक परिवर्तनको प्रक्रियाको साथसाथै नेपालको मौलिक प्रकृतिको शान्ति प्रक्रिया पनि नेपालको मात्रै सम्पत्ति नभएर अब यो अन्तर्राष्ट्रिय लोकतान्त्रिक आन्दोलनका पक्षधरको पनि एउटा सम्पत्तिका रुपमा रहेको छ । हामीले नेपालको शान्ति प्रक्रिया मौलिक प्रकृतिको विशेषतासहित सबैलाई उदाहरण हुने गरी सफल पारेका छौँ ।”

संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा विधायन व्यवस्थापन समितिले ‘समावेशी लोकतन्त्र  समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक लोकतन्त्र मेलाको आयोजना गरेको हो । मेला शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

हिमनदीको विशाल हिस्सा खस्दा नेपाल–तिब्बत सीमामा विनाशकारी बाढी, भूकम्प नभएको विज्ञहरूको निष्कर्ष

रसुवा बाढीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी बेपत्ता

परराष्ट्रमन्त्री खनाल र बेलायती विदेशमन्त्रीबीच टेलिफोन वार्ता, सहयोग गर्ने प्रतिबद्धता

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu