काठमाडौं, ६ असोज । प्रहरीले ठमेलबाट एक क्लबमा छापा मारी प्रहरीले २३ किशोरीसहित सञ्चालक नियन्त्रणमा लिएको छ ।
ठमेलको ज्याठास्थित ओनेक्स क्लबमा शुक्रबार राति छापा मारी प्रहरीले १८ वर्ष मुनिका २३ किशोरी र एक किशोरलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका २३ किशोरी र एक किशोर गरी २४ जनालाई अहिले प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले क्लब सञ्चालक काभ्रेको रोशी गाउँपालिका–१ घर भई हाल सुन्धारा बस्ने गरेका वर्ष ३३ का सत्यमान दोङलाई पनि नियन्त्रणमा लिएको छ । १८ वर्ष मुनिका केटाकेटीहरूको अनधिकृत रूपमा प्रवेश गराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारबमार्गबाट खटिएको प्रहरी टोलीले उक्त क्लबमा छापा मारेको थियो ।
प्रतिक्रिया दिनुहोस्