काठमाडौं,६असोज । छोरीलाई बलात्कार गरेको आरोपमा दाङको तुलसीपुरमा बाबु पक्राउ परेका छन् ।
बलात्कारमा परेकी १२ बर्षीया बालिकाको नेपालगन्जमा उपचार गराउने क्रममा बाबुले छोरीमाथि गरेको कुकर्म बाहिर आएपछि घटना सार्वजनिक भएको हो ।
बाबुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताइएको छ ।
‘बास्तविक के हो जाहेरी आएपछि मात्रै थाहा हुने प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन । पीडित नेपालगन्ज भएकाले सम्पर्कमा आएपछि मात्रै सबैकुरा थाहा हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्