काठमाडौं, ६ असोज । आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा दाङमा एक व्यक्ति पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–५ की आफ्नै १३ वर्षीया छोरीलाई घरमै पटक–पटक बलात्कार गरेको पत्ता लागेपछि बाबुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । बालिकाको योनीमा घाउ भएको र उपचारका क्रममा बालिका बलात्कृत भएको थाहा भएको हो ।
बालिकाको दाङमा उपचार सम्भव नभएपछि बाहिर रिफर गरिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्