चितवन , ७ भाद्र । चितवनको नारायणी नदी किनारमा अबदेखि हरेक शनिबार गंगा आरती गरिने भएको छ । विश्व शान्ति एवम् सम्पुर्ण मानव समुदायको समृद्धी, प्रगति तथा शान्तिको कामना गर्दैे आमा समूहले नारायणी नजिकै रहेको श्री गौरेश्वर पशुपती मन्दिर परिसरमा हिन्दु धर्म परम्परा अनुसार गंगा आरती गरिने दियालो आमा समूहकी अध्यक्ष गीता श्रेष्ठले बताइन् । उनका अनुसार पौराणिक कालदेखी गरिने गंगा आरती कार्यक्रमलाई असोज ६ गते शनिवार स्थानीय धार्मिक संघ संस्था , टोलविकास संस्था, विद्यालयलाई सहभागी गराउदै शोभा यात्रा सहित नरायणगढ परिक्रमा गरेर नियमित रुपमा गरिने समेत बताइन् ।
प्रतिक्रिया दिनुहोस्