ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र


एबीसी न्यूज
७ आश्विन २०७५, आइतबार   ११ : १८   बजे

 

 

दार्चुला, ७ असोज । लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन ।

०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । कूल रु एक करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको दुई वर्ष पूरा हुँदा पनि निर्माणको काम जस्ताको त्यस्तै छ । पुलको दुई पटक म्याद थप गरिएको छ । पछिल्लो समय आगामी मङ्सिर महिनासम्मको लागि म्याद थप गरिएको भए पनि काम भने सञ्चालन भएको छैन ।

पहिलो पटक केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हाल्दा तुइन विस्थापन गर्ने निर्णय गर्नु भएपछि पुल निर्माणको लागि टेण्डर भएको थियो । तर दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि पुल निर्माणकार्यले गति लिएको छैन । सो क्षेत्रका नागरिक अहिले पनि ट्युवको सहारामा नदी वारपार गर्ने गर्छन् । पुलको एकापट्टी मात्रै पिलर गाड्ने काम भएको छ ।

पहिलो वर्ष भारत सरकारको स्थानीय प्रशासनले समयमै अनुमति दिन नसक्दा काम भएन, निर्माण व्यवसायी दीपक साउदले भन्नुभयो, गत वर्ष भारतबाट पुल निर्माणका लागि निर्माण सामाग्री ल्याउन सकिएन । अहिले निर्माणस्थलमा सामग्री ढुवानी गरिएको भए पनि नदीमा पानीको सतह नघटेका कारण काम गर्न सकिएको छैन ।

चाडपर्व नजिकिएसँगै स्थानीयवासीलाई सामान ओसारपसार गर्ने चटारो चलेको छ, लेकम गाउँपालिका–३ का तारा भण्डारीले भन्नुभयो । उस्तै पनि वारीपारी (नेपाल–भारत) रोटीबेटीको सम्बन्ध छ, वारिका चेली पारि अनि पारिका चेली वारि छन् ।

तिहारमा झनै माइत आवतजावत गर्नेदेखि लिएर चाडपर्वका सामग्री ल्याउन यही ट्युवको प्रयोग हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu