ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रम छाडेर विद्यालय जान थाले बालबालिका


एबीसी न्यूज
७ आश्विन २०७५, आइतबार   ४ : ५५   बजे

रत्ननगर, ७ असोज । चितवनको रत्ननगर नगरपालिका वडा नं ९ का ११ वर्षीय विपिन शर्मा केही वर्ष अघिसम्म दाजु विपुलसँगै सडकमा बदाम बेच्थे । आमा विष्णु शर्मा कुखुराको खोरमा काम गर्न जानुहुन्थ्यो । त्यही दुई बालक र आमाको कमाइले दैनिकी चल्थ्यो ।

श्रीमान्ले अर्काे बिहे गरेर हिँडेपछि दुई बालबालिकाको पालनपोषण र शिक्षा दिने जिम्मेवारी विष्णुकै थियो । त्यसैले उहाँलाई दैनिकीको जोहो गर्न रातदिन भौंतारिनुपथ्र्यो ।

रत्ननगर उद्योग वाणिज्य सङ्घको बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रममार्फत परिवारलाई दिइएको सहयोगले शर्माको पारिवारिक अवस्था अहिले फेरिएको छ ।

दुई बालक विद्यालय जान थालेका छन् भने आमा विष्णुले किराना पसलबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ । त्यो बेलाको सकसको जीवन सम्झँदा अझै कहाली लाग्ने उहाँ बताउनुहुन्छ ।

शुरुमा उनीहरुलाई सङ्घले एउटा घुम्ती पसल, केही किराना सामग्री र सहकारीमा रु ३ हजार राखेर खाता खोलिदिएको थियो । त्यसैबाट बढाएर विष्णुले रत्ननगर नगरपालिका ९ मा तरकारी, फलफूल, पाउरोटीसहितको किराना पसल चलाउनुभयो ।

त्यही पसलको आम्दानीले ८ र ९ कक्षामा पढ्ने छोराहरुको खर्च धानिएको छ । कोठाभाडा र घरखर्च त्यही पसलबाट चल्छ । उहाँको दैनिक नाफा नै रु ५०० देखि एक हजार ५०० सम्म हुन्छ ।

काम गर्न सजिलो छ । तरतरी पसीना चुहाउनु पर्दैन । पहिलो जस्तो पैसाको सकस छैन । बचत गर्र्ने बानीको विकास भएको छ । “बिहान म सामान किन्न जान्छु, छोराहरुले दोकान हेर्छन्, दिउँसो छोराहरु विद्यालय जान्छन्, मैले दोकान हेर्छु,” विष्णु शर्माले हाँस्दै भन्नुभयो ।

रत्ननगरकै मोनिका विकले विद्यालय छाडेको पत्ता लागेपछि उनको परिवारलाई समेत सङ्घले सिलाइ मेसिन दिएर बच्चालाई श्रमबाट छुटायो । मोनिका नियमित विद्यालय जान्छिन् भने आमा सजना कपडा सिलाएर मज्जाले आम्दानी गर्न थाल्नुभएको छ ।

गएको तीजमा मात्रै सातहजार ५०० रुपैयाँ सजनाले कमाएको सहकर्मी शर्मिला विकले बताउनुभयो । कपडा सिलाइबाट आएको पैसा सजना र शर्मिलाले आधाआधा बाँड्ने गर्नुभएको छ ।

अर्थाभावका कारण रत्ननगरका गुञ्जमान चेपाङकी छोरी सिया चेपाङ अर्काको घरमा घाँस काट्न जान्थिन् । सचेतना कार्यक्रमसँगै गुञ्जमानलाई चार वटा बाख्रा सहयोग गरेपछि छोरीको पढाइ नियमित भयो । आयआर्जनका काममा परिवार पनि सक्रिय हुन थालेका छन् ।

बाख्राबाट परिवारले आम्दानी गर्ने गरेको र सिया पनि नियमित विद्यालय जान थालेको उक्त कार्यक्रमका सामाजिक परिचालक सन्तोष रेग्मी बताउनुहुन्छ ।

उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । परिवारमा दिइएको सहयोगका कारण श्रमिक बालबालिकाहरु विद्यालय जान थालेका छन् । यसरी श्रम गर्न बाध्य ९५ जना बालबालिकालाई पारिवारिक मिलन गराई विद्यालयमा भर्ना गरिएको उक्त कार्यक्रमका संयोजक दीपककुमार कर्माचार्य बताउनुहुन्छ ।

बालबालिकालाई शैक्षिक सामग्री दिइन्छ भने उनीहरुका अभिभावकहरुलाई सीप र रुचीअनुसारको सहयोग गर्ने गरिएको छ जसमा सिलाइ मसिन, रिक्सा, ठेलागाडा, किराना सामग्री पर्छन् । बँगुर, पाडी, बाख्रा, कुखुरा र माछापालन गर्नमा पनि सहयोग गरिएको छ ।

युनिसेफ नेपालको सहयोग तथा रत्ननगर नगरपालिकाको समन्वयमा रत्ननगर उद्योग वाणिज्य सङ्घले बाल संरक्षण तथा बाल श्रम न्यूनीकरण कार्यक्रम २०७० सालदेखि शुरु गरेको हो ।

आर्थिक अवस्था कमजोर, गलत साथी संगत र पारिवारिक कलहका कारण यसरी बालबालिकाहरु श्रममा आउन बाध्य भएको सर्वेक्षणले पुष्टि गरेको कार्यक्रम व्यवस्थापक रोजिना श्रेष्ठ बताउनुहुन्छ ।

“अर्थाभाव नै मुख्य कारण रहेछ, त्यसैले परिवारलाई सहयोग कार्यक्रम ल्याएका हौं,” श्रेष्ठले भन्नुभयो – “आयआर्जन राम्रो हुन थालेपछि श्रम छाडेर बालबालिकाहरु स्कुल जान थालेका छन् ।” उहाँका अनुसार परिवारलाई सचेतनामूलक कार्यक्रममा समेत सहभागी गराएको फलस्वरुप बालबालिकाहरु विद्यालय नियमित जान थालेका छन् ।

विसं २०७० सालमा सर्वे गर्दा रत्ननगरमा विद्यालय छाडेकासहित गरेर ९०३ जना बालबालिका भेटिएका थिए । विसं २०७३ सालमा बेसलाइन सर्वे गर्दा श्रममा लागेका बालबालिकाको सङ्ख्या ४२९ जना भेटिएको थियो ।

अहिले २०७५ सम्म आइपुग्दा सङ्घले उक्त कार्यक्रममार्फत ५३७ जनालाई श्रमबाट छुटाएर आवश्यक सहयोग उपलव्ध गराई विद्यालय पठाएको र उमेर पुगेकाहरुलाई विभिन्न पेशामा आबद्ध गराएको व्यवस्थापक श्रेष्ठ बताउनुहुन्छ ।

पछिल्ला दिनमा केही श्रमिकहरु थपिएका छन् । उनीहरुलाई समेत श्रमबाट छुटाएर परिवारमा मिलन गराउने र विद्यालय पठाउने योजना कार्यक्रमको छ । पछिल्ला चरणमा भने जनप्रतिनिधिहरुको सहयोग र सचेतना बढेकाले बालश्रमको सङ्ख्या घट्दो क्रममा रहेको दावी सङ्घको छ ।

संघका अनुसार २५० जना बालबालिकालाई शैक्षिक र व्यावसायिक परामर्श दिइएको छ । यसैगरी, १५५ बालबालिकालाई शैक्षिक सामग्री दिइएको छ भने ११५ जनालाई व्यावसायिक तालीम तथा ९५ जनालाई परिवारमा मिलन गराई विद्यालय भर्ना गरिएको छ ।

रत्ननगर नगरपालिका अहिले बालमैत्री नगर बनाउने अभियानमा अघि बढेको छ । रत्ननगरको वडा नं ३ बालमैत्री वडा घोषणा भइसकेको छ भने असोज ५ गते रत्ननगर ५ लाई घोषणा गरिएको छ । अन्य वडाहरुलाई पनि क्रमिक रुपमा बालमैत्री घोषणा गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu