ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैले गल्ती गरेँ, मलाई जस्तो सजाय दिँदा पनि कमी हुन्छ, बरु फाँसी दिनुस्


एबीसी न्यूज
८ आश्विन २०७५, सोमबार   ८ : ०७   बजे


ललितपुर, ८ असोज । ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ ( वि) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ ।

अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गएको सोमबार यस्तो फैसाला सुनाएको हो । उनले आफ्नी छोरीलाई गएको चैत १५ गते बेलुकी साढे ९ बजेदेखि २०७५ साउन १० गतेसम्म पटकपटक गर्भ निरोधको कुनै साधन प्रयोग नगरी करणी गरेका थिए ।

बलात्कृत छोरीले आफूलाई डरत्रास देखाई ज्यानै मार्नेसम्मको धम्की दिई जबरजस्ती करणी गरेको अदालतमा बयान दिएको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकृत रमेश भट्टराईले बताए । आफूलाई जबरजस्ती करणी गरेको र केही दिनपछि पेट बढेको तथा महिनावारी नभएको कुरा बुबालाई सुनाएको बयानका क्रममा अदालतमा दिएको बयान सम्झँदै सूचना अधिकृत भट्टराईले जनाए ।

बुबाले गर्भवती छ÷छैन भनी पिसाब जचाउन लगेको, पिसाब जाँचपछि आफ्नो छोरी आफैँबाट गर्भवती भएको उनले थाहा पाए । उनी गर्भवती रहेको कुरा थाहा पाएपछि बच्नका लागि अनौठो योजना उनले बनाए । ‘उनले तिम्रो पेटमा पानी भरिएकाले पेट ठूलो भएको रहेछ तिमीलाई अस्पताल लगी जँचाउनुपर्दछ’ भने ।

उनले छोरीको गर्भमा रहेको बच्चा फाल्न चावहिलको सम्राट पोलिक्लिनिक एन्ड मेडिकल सेण्टर प्रालिमा लगेको प्रहरीको अनुसन्धानपछि खुल्न आयो । घटनाको अनुसन्धानमा महानगरीय प्रहरी वृत्त चापागाउँ जुटेको थियो । त्यस मेडिकलमा लगी आफूलाई बायाँ पाखुरामा एउटा सुई दिएको थाहा पाएकी र त्यसपछि के भयो थाहा नभएको उनले बयान दिइन् । उनले बयान दिँदै भनेकी थिइन्– ‘भोलिपल्ट म होसमा आउँदा मेरो योनीमा प्याड लगाएको र रगत बगिरहेको थियो, अहिलेसम्म मेरो पेट दुखिरहन्छ, राम्रोसँग हिँडडुल गर्नसमेत मिल्दैन ।’ उनकी आमा ३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । आमा मलेसिया गएपछि उनी र बहिनी बुबासँगै डेरामा बस्न थाले । उनले आफ्ना बाबुले आफूमाथि यस्तो हर्कत गर्छन् भन्ने जीवनमा कहिल्यै पनि सोचेकी थिइनन् । जब छोरी आफैंबाट गर्भवती भएको थाहा पाए, त्यसपछि उनले विदेशमा रहेकी श्रीमतीसँग छोरीको अप्रेसन गर्नुपर्छ भन्दै ५० हजार पठाउन आग्रह गरे ।

विदेशबाट पठाएको त्यही पैसाले उनले छोरीको गर्भपतनसम्म गर्न सफल भए । आफ्नो छोरीको अप्रेसन गर्ने भन्ने कुरा सुनेर अत्तालिएकी आमा मलेसियाबाट श्रीमान्लाई थाहै नदिई नेपाल फर्किइन् । श्रीमतीलाई उनले छोरीलाई के रोग लागेको केही प्रस्ट पारेका थिएनन् । श्रीमती नेपाल फर्केको थाहा पाउनेबित्तिकै छोरीसहित बेपत्ता भए उनी । श्रीमती नेपाल फर्केपछि श्रीमान् र छोरी हराएको भन्दै प्रहरीमा जाहेरी दिँदै खोजिदिन आग्रह गरिन् । केही दिनमा प्रहरीले श्रीमान्सहित छोरी फेला पार्यो। आमाले छोरीलाई भएको बिरामको विषयमा सोधपुछ गर्दा बुबाले आफूलाई गरेको हर्कत जस्ताको त्यस्तै नढाँटी सुनाइन् । त्यसपछि यो घटना सतहमा आयो । बाबुले पनि छोरीलाई बलात्कार गरेको स्वीकारे । उनले बयान दिँदा भनेका थिए– ‘मैले गल्ती गरेँ, मलाई जस्तो सजाय दिँदा पनि कमी हुन्छ, बरु फाँसी दिनुस् ।’ नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu