पाँचथर,८ असोज । मिक्लाजुङ गाउँपालिकामा घरमा श्रीमान नभएको अवस्थामा ३० वर्षीय युवकले एक महिलालाई बलात्कार गरेका छन् ।
ज्यान मार्ने धम्की दिएर ३५ वर्षीया महिलालाई युवकले बलात्कार गरेको हो । युवकलाई बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
आफू घरमा नभएको मौका छोपि श्रीमतीलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा ती युवकलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवकमाथि जबरजस्ती करणी अपराध अन्तर्गत मुद्या दर्ता गरी अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्