काठमाडौं,८ असोज । पाटन उच्च अदालतमा आइतबार साँझ तोडफोड भएको छ । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादले चलिरहेको मुद्दा हारेपछि तोडफोड गरेका हुन्।
अचानक आक्रोसमा आएका नूरप्रसादले कम्प्युटर, दराजका झ्यालका सिसा समेत तोडफोड गरी भौतिक क्षति पुर्याएका अदालतका रजिष्टार बाबुराम दाहालले बताएका छन ।
नूरप्रसादले गोरखाको माया घतानीको मुद्दा वारेशमा लिएर आएका रहेछन्। मुद्दा हारेपछि आक्रमणको प्रयास गर्दै तोडफोड गरेको रजिष्टार दाहालले बताए ।
इजलास अधिकृतलाई समेत आक्रमण गरी कुर्सी, दराज लगायतका सामाग्री तोडफोड गरेपछि नुरप्रसादलाई नियन्त्रणमा लिइएको छ।
प्रतिक्रिया दिनुहोस्