काठमाडौं, ८ असोज । थारु कल्याणकारिणी सभाको बन्द सत्रमा असन्तुष्ट पक्षले तलाबन्दी गरेको छ । राजधानी काठमाण्डौको पिंगला स्थित रहेको शिव दर्शन पार्टी प्यालेसको सभाहलमा शुरु भएको बन्द सत्रमा रौतहटका असन्तुष्ट पक्षले विरोध गर्दै तालाबन्दी गरेको हो ।
तलाबन्दीका कारण थारु कल्याणकारिणी सभाका बन्द शत्र प्रभावित हुन पुगेको छ । थारु कल्याणकारिणी सभा रौतहटको जिल्ला भेलामा अध्यक्ष पदको विषयलाई लिएर विवाद हुदाँ केन्द्रबाट नै टुगाें लगाउने भनेपनि केन्द्रिय समितिले विधान विपरित एकलौटी निर्णय गर्दै बिगठित जिल्ला कमिटिलाई नै मान्यत दिएका भन्दै विरोध गर्दै बन्द सत्रको हलमा तालाबन्दी गरेको असन्तुष्ट पक्षका प्रमोद चौधरीले बताए ।
थारु कल्याणकारिणी सभाका केन्द्रिय कार्यवाहक अध्यक्ष प्रेमीलाल चौधरी तथा केन्द्रिय सदस्यहरु कृष्ण चौधरी, अधिकलाल चौधरी र हृदय नारायण चौधरीले विगठित जिल्ला कार्य समितिलाई नै केन्द्रिय अधिवेशनमा सहभागी गराएर आफुहरुलाई पाखा लगाउने काम गरेकोले भन्दै बन्द सत्रको हलमा ताला बन्दि गरेको कृप चौधरीले बताए । उनका अनुसार केन्द्रिय कार्यवाहक अध्यक्ष प्रेमी लाल चौधरीले अकलौटी तवरले आफ्नो आसेपासेलाई केन्द्रिय पार्षद तथा जिल्लाको जिम्मा दिएको समेत आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्