झापा, ८ असोज । झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया अवोध बालिका एक युवकबाट बलात्कृत भएकी छन । हल्दिबारी–१३ जलथलका २१ वर्षीय युवकले छिमेकी बालिकालाई आइतबार दिउँसो साइकलमा घुमाउन लगेका बेला बलात्कार गरेका हुन ।
युवकलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।
पक्राउ पर्ने युवक र बालिकाको घरसँगै रहेकाले उनको नाम नखुलाइएको बस्नेतले बताए । छिमेकी भएकाले बालिकाले युवकलाई मामा भन्ने गरेको बताइएको छ ।
घुम्न गएको समयमा युवकले बलात्कार गरेको र घर पुगेपछि बालिकाको योनीमा रगत देखेपछि पीडित परिवारले प्रहरीमा उजुरी गरेका थिए । युवकलाई प्रहरीले आइतबार राति पक्राउ गरिएको हो ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्