ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व पर्यटन दिवसको अवसरमा टानले गर्यो हाइकिङ्ग


एबीसी न्यूज
१० आश्विन २०७५, बुधबार   ११ : ५६   बजे


काठमाडौं, १० असोज  । विश्व पर्यटन दिवस २०१८ को अवसरमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को नेतृत्वमा यस वर्ष सबै पर्यटनसग आवद्ध संघ संस्थाहरुको सहकार्यमा “Tourism and The Digital Transformation” भन्ने मूल नाराका साथ सुर्य चौर, ककनीमा हाइकिङ्ग कार्यक्रमको आयोजना गरेको छ ।


कार्यक्रमको प्रमुख अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ककनी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सके नगरकोट भन्दा ककनी पर्यटकिय रुपमा बढि विकास हुने बताउनुभयो ।
हाइकिङ्ग ककनी मेमोरियल पार्कबाट सुरु भएर शिवपुरी नेशनल पार्क हुदै सूर्यचौर मा समापन भएको थियो । हाइकिङ्गमा सहभागिहरुले समुन्द्री सतहबाट १९२५ मिटरको उचाईमा रहेको सूर्यचौरबाट अन्नपूर्ण हिमाल, लाङटाङ हिमाल, गौरीशंकर, गणेश हिमाल, राउचुली हिमाल जस्ता अन्य हिमश्रृंखला लगायत मनोरम प्राकृर्तिक दृष्य अवलोकन गर्न गरेका थिए ।

सूर्यचौर हाइकिङ्गको लागि एक उत्तम गन्तव्य स्थल हो जहा प्रकृतिमा डुब्न र सहरी क्षेत्रहरूबाट टाढा जान सकिन्छ । यहाबाट १७० किसिमका चरा चुरुंगीहरु को पनि दृश्यावलोकण गर्न सकिन्छ । सूर्यचौर काठमाडौंबाट नजिक रहेको हाइकिङ्ग गन्तव्य स्थल हो जुन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्रबिन्दुको रुपमा परिचित रहेको छ ।

पदयात्रा मार्ग अनुगमन तथा मर्मत विभागका संयोजक बाबुराम गुरुङको नेतृत्वमा, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, खेलकुद र कार्यक्रम विभागका संयोजक ऋतु ग्याम्दान, मिडिया तथा कम्यूनिकेशन विभागका संयोजक गोपाल श्रेष्ठ, संस्कृति, कला र भाषा संरक्षण विभागका संयोजक महेश कुमार बुढा र मिडिया अफिसर सुबिना मानन्धर द्वारा सेप्टेम्बर १९ मा सो हाइकिङ्ग रूटको भ्रमण र निरीक्षण गरेका थिए ।
यस कार्यले नेपालको पर्यटन विकास र प्रवद्धनका लागि पदयात्रा महत्वपुर्ण हुनुका साथै पर्यटन तथा भ्रमण वर्ष २०२० को तयारीको तयारीलाई सहयोग पुग्ने मन्त्री अधिकारीले बताउनुभयो । यस ककनीलाई पर्यटकिय गन्त्व्यको को रुटलाई लोकप्रिय बनाउने सकेको खण्डमा नगरकोट भन्दा पनि यस क्षेत्रको विकास हुनुका साथै पर्यटन प्रवद्धन बाट यस क्षेत्रकाबासिन्दाको आर्थिक स्थितिमा समेत परिर्वतन आउने मन्त्री अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu