ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर


bhawani desk
१० आश्विन २०७५, बुधबार   १२ : २६   बजे

सोलुखुम्बु १० असोज । सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो ।

असार महिनामा मौसम प्रतिकूलताको कारण नियमित उडान बन्द गरेका निजी कम्पनीका विमानले असोज पहिलो साता बितिसक्दा पनि फाप्लु विमानस्थलमा नियमित उडान गर्न सकेका छैनन् ।

काठमाडाँैदेखि सल्लेरी सीधा सडक यातायात सञ्चालन भएसँगै हवाई यात्रुको सङ्ख्यामा कमी आएको बताइन्छ । विगत ५ महिनादेखि उडान नगरेको समिट एयरलाइन्सले काठमाडौँबाट आउने यात्रु नभएकाले नै उडान तालिका नराखेको जानकारी दिएको छ ।

फाप्लुबाट यात्रु पाए पनि काठमाडौँबाट सोलुखुम्बु आउने यात्रु नहँुदा उडान हुन नसकेको समिट एयरलाइन्स फाप्लुका इन्चार्ज मिङमार शेर्पाले जानकारी दिनुभयो । काठमाडौँबाट यात्रु पाएको खण्डमा नियमित उडान तालिका राख्ने उहाँको भनाइ छ ।

मौसम प्रतिकूलताका कारण हवाई उडान प्रभावित हुने भएपछि काठमाडाँैबाट सोलखुुम्बु आउने यात्रुको सङ्ख्यामा कमी आएको विमान कम्पनीका कर्मचारीको भनाइ छ । यता तारा एयरलाइन्सले भने मौसम प्रतिकूलता भएको समय बाहेक अरु समयमा नियमित उडान गरिरहेको दाबी गरेको छ । तारा एयरलाइन्सले हप्तामा दुई दिन नियमित उडान गरिरहेको तारा एयरलाइन्स फाप्लुका इन्चार्ज शैलेश श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि सदरमुकाम नजिकै रहेको उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, समिट एयरलाइन्स र तारा एयरलाइन्सले नियमित उडान गर्दै आएका थिए । उक्त समयमा समेत टिकट पाउन मुश्किल हुने गरेको यात्रुको भनाइ छ ।

बर्खा लागेसँगै निजी कम्पनीको समिट एयरलाइन्सले नियमित उडान रद्ध गरेको नागरिक उड्डयन प्राधिकरण फाप्लुका एयर ट्राफिक कन्ट्रोलर एवं निमित्त इन्चार्ज विकास झाले जानकारी दिनुभयो । करीब पाँच महिनादेखि समिट एयरले उडान गरेको छैन, झाले भन्नुभयो, “कहिलेकाँही कार्गो गर्छ, किन हो नियमित उडान गरेको छैन ।”

तारा एयरलाइन्सले भने नियमित उडान गरिरहेको जनाएको छ ।

आन्तरिक विमानको क्षमता १३ देखि १४ सम्म यात्रु बोक्ने भएकाले टिकट पाउन मुश्किल परेपछि यहाँका स्थानीयको रोजाइ सडक यातायात बनेको पेमदोर्जी शेर्पाको भनाइ छ ।

यता तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समेत मौसम प्रतिकूलतको कारण नियमित उडान हुनसकेको छैन । पर्यटकीय सिजन शुरु भए पनि मौसममा सुधार नआउँदा उडान प्रभावित बनेको गाउँपालिका अध्यक्ष ङिमजोर्दी शेर्पाले जानकारी दिनुभयो ।

दैनिक ९० सम्म उडान हुने उक्त विमानस्थलमा अहिले २५ देखि ३० सम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । उडान सेवा प्रभावित भएपछि यहाँको पर्यटनमा प्रत्यक्ष असर परेको गाउँपालिका अध्यक्षको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group