बुटवल,१० असोज । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघले आगजनी र तोडफोड गरेको छ ।
लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वको समूहले क्याम्पस प्रमुखको कुर्सी, टेबलमा आगजनी गरेको हो ।
क्यमाम्पसमा ११ जना आफ्ना मान्छेलाई शिक्षक, कर्मचारी भर्ती गरेको भन्दै आगजनी र तोडफोड गरेको बताइएको छ ।
क्याम्पसले आफूखुसी मान्छेलाई जागिर दिएको भन्दै निर्णय सच्चाउन नेविसंघले अल्टिमेटम समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्