ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानमा यू–१८ महिला नेपाली टोलीको बिदाइ


एबीसी न्यूज
१० आश्विन २०७५, बुधबार   २ : ५९   बजे

काठमाडौ,१० असोज । यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आज आयोजित कार्यक्रममा नेपाली टोलीलाई एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङ, महिला कमिटीका अध्यक्ष वृन्दा देवान, तेक्वान्दोकी ओलम्पियन सङ्गीना वैद्यलगायतले बिदाइ गर्नुभयो ।

बीस खेलाडीसहित २३ सदस्यीय नेपाली टोली आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाली टोलीमा गोलकिपर अन्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा रानामगर, मिडफिल्डरमा सरु लिम्बू, मन्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सृजनासिंह ठकुरी, सम्झना लावती, स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा तथा सम्झाना शर्मा छन् ।

त्यसैगरी मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रकाश वैद्य र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास छन् ।

च्याम्पियनसिपमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालले समूह चरणमा पाकिस्तान र बङ्लादेशसँग खेल्नेछन् । त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र भुटान छन् । नेपालले पहिलो खेल यही असोज १२ गते पाकिस्तानसँग र असोज १६ गते बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu