ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीले उपभोक्ता पसल सञ्चालन गर्दै


एबीसी न्यूज
१० आश्विन २०७५, बुधबार   ४ : ५७   बजे

 

बुटवल, १० असोज । लालटिन कृषि सहकारी संस्थाले आजदेखि बुटवलमा उपभोक्ता पसल सञ्चालन गरेको छ ।

सहकारीले सञ्चालन गरेका उपभोक्ता पसल बन्द भइरहेको अवस्थामा आफ्ना शेयर सदस्यलाई समेत लक्षित गरी उपभोक्ता पसल सञ्चालन भएको अध्यक्ष गङ्गालाल सापकोटाले जानकारी दिनुभयो ।

उहाँले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन हुने र आफ्नै भवनबाट कृृषि उपजको प्रशोधन र प्याकेजिङ गर्ने लक्ष्य भएको बताउनुभयो । सो उपभोक्ता पसल रु एक करोडको लागतमा सञ्चालन हुन लागेको हो । झण्डै एक हजार ८०० सदस्य रहेको सहकारीको उपभोक्ता पसल बुटवल ११ स्थित देवीनगरमा पर्छ ।

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक तथा जिल्ला सहकारी सङ्घका अध्यक्ष भीम तुलाचनले यस्ता खाले उपभोक्ता पसल विस्तारको तयारी भएको उल्लेख गर्दै कृषिलाई प्राथमिकतामा राख्ने विषय प्रशंसनीय भएको बताउनुभयो ।

पूर्व सांसद विनोद पहाडीले सहकारीको मूल्य र मान्यताअनुसार संस्था अघि बढनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रमा काम गरिरहेको सहकारीले सहकारीको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

सहकारीले आगामी कार्यक्रमका रुपमा कृषि तथा पशुपक्षी बीमा र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बताएको छ । रुपन्देहीका विभिन्न प्रकारका ७८७ सहकारी दर्ता भएका छन् जहाँ रु १९ अर्ब लगानी भएको छ, भने एक हजार ७०० जना प्रत्यक्ष रोजगारीमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu