ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केराकेराले बजार नपाएपछि भैँसीलाई कुँडो


एबीसी न्यूज
११ आश्विन २०७५, बिहिबार   ३ : १५   बजे

खोटाङ, ११ असोज । केरा पकेट क्षेत्रका किसान बजार नपाएपछि चिन्तित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका किसान सडक असुविधाका कारण उत्पादन गरेको केरा बिक्री गर्नबाट वञ्चित छन् ।

विजयखर्कको बसेरी ढकालबेँसी क्षेत्रमा पर्याप्त मात्रामा केरा उत्पादन हुन्छ । केराले बजार पाउन सकेको छैन । केरा पकेट क्षेत्रमा नगरपालिको रु तीन लाख तथा स्थानीयवासीको रु पाँच लाख बराबरको श्रमदानमा सात हजार बिरुवा रोपिएको छ । त्यहाँ तीन प्लाष्टिक पोखरी निर्माण गरिनाका साथै चिस्यानको समेत व्यवस्था गरिएको छ । केरा उत्पादनलाई व्यावसायिक तथा आम्दानीमूलक बनाउन नगरपालिकाबाट पारित भएको कृषि पकेट क्षेत्रको अवधारणाअनुरुप उक्त क्षेत्रलाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ ।

स्थानीयरुपमा गठित दुई कृषक समूहको पहलमा सो क्षेत्रलाई गत वैशाखमा केरा उत्पादन पकेट क्षेत्र निर्धारण गरिएको थियो । परम्परागत खेती प्रणालीबाट केरा पर्याप्त उत्पादन हुने सो क्षेत्रमा श्रम र लगानी बढाए उत्पादनमा वृद्धि गर्न सकिने कृषक समूहका अध्यक्ष वाणिबेलास ढुङ्गानाले बताउनुभयो । बजारको अभावमा उत्पादित केरा भैँसीको कुँडो बनाउन प्रयोग गरिँदै आएको छ । बजारकै चिन्ताले कतिपयले केरा खेती घटाउँदै गएका छन् । “चार घण्टा पैदल हिँडेर केरा बिक्री गर्न दिक्तेल बजार पु¥याउँछौँ,” ढुङ्गानाले भन्नुभयो ।

विजयखर्कको बसेरीमा पर्याप्त मात्रामा केरा उत्पादन हुन्छ । नगरपालिकाका उपप्रमुख विणादेवी राईको संयोजकत्वमा हालै पकेट क्षेत्रको अनुगमन गरिएको थियो । “केरा बिक्रीका लागि सङ्कलन केन्द्र निर्माणको योजना बनाएका छौँ,” उहाँले भन्नुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group