काठमाडौं, ११ असोज । किर्ते गरेको अभियोगमा खोजीको सूचीमा रहेका दुई उपसचिवलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुलाई खोजी गरिरहेको थियो ।
पक्राउ पर्नेमा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत उप–रजिष्टारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई बबरमहलको वन परिसरबाट पक्राउ गरिएको हो । उनीहरुले किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँ बराबरको धन सम्पत्ति बेचबिखन गरेको आरोप छ । सो मुद्दामा १२ जना पक्राउमा परिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्