विराटनगर,११ असोज । ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दाका प्रतिवादी नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन् ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय शारङ्गा सुवेदी र जनक पाण्डेको इजलाशले निरौलालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
आरोपित कसुरमा संलग्नता नदेखिएको भन्दै उच्च अदालतले निरौलालाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।
मोरङ जिल्ला अदालतले तस्करीको साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करीमा निरौलाको संलग्नता रहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । उच्च अदालत जिल्लाको आदेश बदर गर्दै निरौलालाई तारेखमा राखेर मुद्दाको कारबाही किनारा लगाउन भनेको छ ।
निरौला जिल्लाको आदेशविरुद्ध मुलुकी ऐनको अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत उच्च अदालत गएका थिए ।
प्रतिक्रिया दिनुहोस्