काठमाडौं, १२ असोज । सडक मर्मतको माग गर्दै काठमाडौं ढुंगेअड्डाका बासिन्दा प्रदर्शनमा उत्रिएपछि कलंकी हुँदै उपत्यका बाहिर जाने र भित्रने गाडी चल्न सकेका छैनन् ।
यसकै प्रभावले उपत्यकाको यातायात पनि अस्तव्यस्त भएको छ । उपत्यकामा अहिले कंलकीको जाम बल्खुसम्मै पुगेको छ भने कालिमाटी तर्फ पनि सोल्टीमोडसम्म र गोगंबुतिर सितापाइलासम्म नै जाम भैसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सडक मर्मत नभएका कारण धुलोले बस्न नसकेको भन्दै स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । ढुंगेअड्डाका बासिन्दाले बिग्रिएको सडक मर्मतको प्रतिवद्धता जनाउन ठेकेदार आफैं आउनुपर्ने माग पनि गरेका छन् । तर ठेकेदारले नआउने भनेपछि ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको हो । दसैँको लागि यात्रु भित्रने र बाहिरिने हुँदा गाडी बढ्दै गएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्