ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय फुटबल टोली बङ्गलादेश आजै प्रस्थान


admin
१४ आश्विन २०७५, आइतबार   ११ : ४५   बजे

काठमाडौं, १४ असोज । बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली आजै बङ्गलादेश प्रस्थान गर्नेछ ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाललको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेशसँगै लाओस र फिलिपिन्स छन् ।

नेपालले आफ्नो पहिलो खेल यही असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल २० गते प्यालेस्टाइनसँग सामना गर्नेछ । दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

यसअघिको प्रतियोगितामा नेपालले अन्तिम चरणको खेलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो । नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् भने रक्षकमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल छन् ।

त्यसैगरी मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ र निराजन खड्का छन् भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी: कर्णालीका २१६ मध्ये ३१ जनाको भयो सम्पर्क

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu