ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारागार एउटा विश्वविद्यालय हो – कलाकार गजुरेल


एबीसी न्यूज
१५ आश्विन २०७५, सोमबार   ९ : ०५   बजे

भद्रपुर, १५ असोज ।  गर्मीको मौसम, त्यसमाथि तातो घाम । क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाई कष्टकर नहुने कुरै भएन तर आइतबार झापा कारागारका एक हजार २३ जना कैदीबन्दीले राष्ट्रिय कलाकार मनोज गजुरेलको प्रेरक प्रस्तुतिका कारण मनोरञ्जन मात्र होइन, शीतल पनि महसुस गरे ।

कैदीबन्दीको मानवअधिकार प्रवद्र्धन गर्ने उद्देश्यले सिस्नोपानी नेपालको प्रस्तुतिमा चन्द्रगढीस्थित झापा कारागारमा हाँस्यव्यङ्ग्य शिविर सञ्चालन भएको थियो । कार्यक्रममा प्रख्यात कलाकारसँगै गीत, कविता र नृत्यसमेत देखाउन पाएर कैदीबन्दी हर्षित बनेका थिए ।
हाँस्यकलाकार मनोज गजुरेलले काराबासको बसाइलाई निराशामा होइन, विगतका कमजोरी सच्याएर भविष्यमा नयाँ जीवन जिउने आशामा परिणत गर्न कैदीबन्दीलाई आग्रह गर्नुभयो ।

उहाँले देशको ठूला पदमा पुगेका व्यक्तिसमेत जीवनको कुनै कालखण्डमा कारागारमा बसेको चर्चा गर्दै काराबासलाई विश्वविद्यालयसँग तुलना गर्नुभयो । “कारागार पनि एउटा विश्वविद्यालय हो”, कलाकार गजुरेलले भन्नुभयो, “यहाँबाट बाँकी जीवन जिउने कला सिक्न सकिन्छ ।”

कार्यक्रममा कैदीका तर्फबाट रमेश पोखरेलले कविता प्रस्तुत गरिरहँदा अतिथि कलाकार गजुरेलसँगै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ताली बजाएर प्रशङ्सा गरिरहनु भएको थियो ।

कैदीबन्दीका लागि मानवअधिकार प्रवद्र्धन गर्ने र उनीहरुमा आत्मविश्वास जगाउने लक्ष्य लिएर प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न जिल्लास्थित कारागारमा यस्तो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

विराटनगर कारागारपछि सिस्नोपानी नेपालले झापा कारागारमा यो कार्यक्रम गरेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ पनि अतिथि रहनुभएको थियो ।

झापा कारागारमा हाल क्षमताभनदा तेब्बर एक हजार ३२ जना कैदीबन्दी रहेका छन् । कारागारको क्षमता ३५० को मात्र रहेको कारागारका निमित्त प्रमुख पदमलाल ओझाले बताउनुभयो । उहाँका अनुसार जीर्ण भवनमा रहेको कारागारमा ९४२ पुरुष र ९० महिला रहेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

Russia Threatens UK Military Targets Over Alleged Missile Strikes

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

Himalayan Glacier Collapse Triggers Deadly Flooding Across Nepal and Tibet

Spain’s Villena Museum Hit By ‘Super-Fast’ Bronze Age Heist

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu