ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तराष्ट्रीय हाईकु महोत्सव टोकियोमा भव्यताका साथ सम्पन्न


एबीसी न्यूज
१५ आश्विन २०७५, सोमबार   १० : २३   बजे

इन्दिरा खनाल, टोकियो, जापान १५  असोज ।  नेपाली साहित्यलाई अन्तराष्ट्रिकरण गर्ने भन्दै जापानको टोकियोमा एक दिने नेपाली हाईकु महोत्सव सम्पन्न भएको छ । जापान नेपाल बिचको आत्मियता अझै प्रगाढ बनाउन हाईकु सम्मेलन गरिएको आयोजक नेपाल हाइकु केन्द्र तथा नेपाल साहित्य समाज जापानले दाबी गरेको छ ।
केन्द्रको च्याप्टरको आयोजनामा सम्पन्न महोत्सवमा बिभिन्न देशका हाइकुकार सहित जापानी साहित्यकारको उपस्थीति रहेको थियो । नेपाल हाईकु केन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाडेँ सहित अश्वीनी कोईराला,शिरोमणि दवाडी,किरण पौडेल,बिजयराज आचार्य, साहित्यकार कृष्ण बजगाँइ प्रभा बरालको समेत कार्यक्रममा सहभागीता रहेको थियो । जापानी र नेपाली हाईकुकारको सहभागीताले साहित्यमय र मिठासपूण बनेको हाइकु सम्मेलन जापानमा पहिलो पटक गरिएको हो ।

लगातारको झरि र त्यसपछि बनेको चिसो मौसमका बिच टोकियोमा आयोजित कार्यक्रममा ९ वटा कृति बिमोचन गरिएको थियो । महोत्सवमा ‘रातो साकुरा’कुमारी रात’ ‘नीलो आशुँ’ ‘बुट्टे किमोनो’ ‘ छ हास्ताक्षर’ ‘ नाईलाको साहारा’ ‘ फूजीको फेद’ हण्डिंग हाईगा’ ‘ हाईकु पत्रिका’लगाएतका ९ कृति समेत एकै पटक बिमोचन गरिएको थियो ।

महोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि जापानका लागि नेपाली राजदुतावास टोकियोका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले नेपालीले लेखेका राम्रा थु्प्रै रचनाहरु जापानी भाषामा पनि लेखेर या अनुवाद गरेर बुझाउन सकिने बताउनुभयो । कार्यक्रममा एनआरएनए आईसिसि अध्यक्ष भवन भट्टले नेपाललाई चिनाउन साहित्य पनि माध्यम बन्न सक्ने बताउनुभयो । कार्यक्रममा नेपाल हाईकु केन्द्रका अध्यक्ष राम कुमार पाडेँले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पाण्डेको कार्यपत्रमाथि जापानी साहित्यकार तथा नेपाली भाषाका प्रशिक्षक हारुहितो नोजु र सल्लाहाकार तिलक मल्लले टिप्पणी गर्नुभएको थियो।

कार्यक्रममा अनेसासका केन्द्रिय उपाध्यक्ष प्रकाश पौडेल माईला,एनआरएनए आईसिसी प्रबक्ता भुषण घिमिरे, अनेसास जापानका संस्थापक अध्यक्ष डा.कुमार बस्नेत,नेपाली भाषा र साहित्यलाई माया गर्ने जापानी हारुहित नोजु,मायासुकी लगाएतले आ आफ्नो धारणा राख्नुभएको थियो ।। दुई सेसनमा गरिएको कार्यक्रममा पुर्व अध्यक्ष बेलुकाजी थापाको स्वागत मन्त्ब्य एवम सल्लाकार धिषण निरौला र सचिव रविन शर्माको जापानी र नेपाली भाषा सहित संचालनमा सम्पन्न भएको थियो।

 

जापानी हाइकुकारले मायाको चिनो स्वरुप रामकुमार पाडेँलाई हाईकु लेखिएको कप र खादा हस्तान्तरण गरे । नेपाल र जापान बिचको सम्बन्धलाई नजिक र प्रगाढ बनाउन र अन्तराष्ट्रिकरण गर्ने बिषयमा ८ बुदेँ घोषणा पत्र जारी गरि महोत्सव सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu