ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट-डाेल्पा सडककाे स्थलगत अनुगमन


एबीसी न्यूज
२१ आश्विन २०७५, आइतबार   १२ : ०८   बजे
त्रिपुराकाेट(डाेल्पा),  २१ असाेज ।  हिमाली जिल्ला डाेल्पालाई राष्ट्रिय सडकसंञ्जालमा जाेड्ने सडककाे रुपमा निर्माण भएकाे जाजरकोट-डाेल्पा सडकखन्डकाे स्थलगत अनुगमन गरिएको छ ।
अनुगमनकालागि सेनाकाे हेलिकप्टरबाट डाेल्पा पुगेका महालेखा परिक्षकको कार्यालयका प्रमुख दामोदर पुडाशैनी , रक्षा मन्त्रीको नीजि सचिवालयबाट प्रभात विक्रम कटुवाल,रक्षा मन्त्रालयक सह सचिव तुलसीराम सेडाई , अर्थ मन्त्रालयका उपसचिव तिर्थराज सिलवाल , भौतिक पुर्वधार तथा तायायात मन्त्रालयबाट सह सचिव राजेन्द्र शर्मा , सह सचिव हरी वस्याल ,सडक विभागका सहसचिव मुक्ती गौतम , सह सचिव अर्जुनजंग थापा , नेपाली सेनाका विकास निर्माण निर्देशनायल निर्देशक सहायकरथी रामधर सिंह सहितकाे टोलीले सामुहिक अनुगमन गरेकाे हाे ।
११७ दशमलव ७ किमि लम्बाई भएकाे जाजरकाेट डाेल्पा सडक खण्डकाे एकसाता अगाडिमात्रै अन्तिम भीरकाे रुपमा निर्माणकार्य भईरहेकाे तरपरे भिर छिचाेलेर पुर्ण रुपमा ट्रयाक खुलाईएकाे थियाे । अनुगमन टाेलीले जाजरकोट-डाेल्पा सडकखन्ड अन्तर्गतकाे खदाङ त्रिपुराकाेट खन्डकाे चिप्लेभीरमा हेलिकप्टर अवतरण गरेर सडककाे स्थलगत अनुगमन गरेकाे जाजरकोट डाेल्पा सडक निर्माण कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडिले जानकारी दिए । थुप्रै भाैगाेलिक कठिनाईका बाबजुत पनि अाँखा घुमाउने भीर खाेपेर चाैडा गाडी गुड्ने सडक निर्माण गरेकाे भन्दै अनुगमन टाेलीले सेनाकाे प्रशंसा समेत गरेकाे थियाे । डाेल्पा जाेड्ने सडककाे पुर्ण रुपमा ट्रयाक खुलिसकेकाले जिराे पाेईन्टकाे रुपमा रहेकाे जाजरकाेटकाे पासगाड देखि डाेल्पाकाे दुनैसम्म सिधा यातायात संञ्चालनमा ल्याउन सडककाे बिचबिचमा पर्ने खाेलाहरुमा पक्की पुल निर्माणमा जाेड दिईने अनुगमन टाेलीले जनाएकाे छ ।
त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने खदाङसम्मकाे ८७ किमि सडक निर्माणकार्य सम्पन्न भएर जीप,ट्रयाकटर लगायतका यातायात संञ्चालनमा ल्याईसकिएकाे पहाडीले बताए । तिहारभित्रै जाजरकोट डाेल्पा सडककाे अाैपचारिक उद्घाटन गर्ने तयारी भईरहेकाे सेनाले जनाएको छ ।  अनुगमन टाेलीले कर्णाली करिडोर ,फुलालु-लैभु सडकखण्ड सिमीकोटकाे पनि अाजै अनुगमन गर्ने कार्यक्रम रहेकाे बताईएकाे छ । उक्त टाेलीले नेपालकै गहिराे शे फाेक्सुन्डाे तालकाे अाकाशबाटै अवलाेकन गर्नुका साथै सदरमुकाम दुनैमा सुरक्षा प्रमुखहरुसँग भेटघाट समेत गरिएकाे बताईएकाे छ । त्यसैगरि अनुगमन टाेलीले त्रिपुरा सुन्दरी नगरपालिका १ मा रहेकाे प्रशिद्द शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिरमा सामुहिक पुजापाठ समेत गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group