ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुम्जाटार विमानस्थलमा अब नियमित उडान हुने


admin
२१ आश्विन २०७५, आइतबार   २ : ३०   बजे

 ओखलढुङ्गा, २१ असोज । ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुन : सञ्चालन हुने भएको हो ।

नेपाल एयरलाइन्सको विमानले काठमाडौं-रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताउनुभयो । “रुम्जाटारमा मङ्गलबारदेखि नियमित उडान गराउने सहमतिअनुसार तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “जिल्लाको समृद्धिका लागि महत्वपूर्ण मानिएको यो विमानस्थल अब कुनै पनि बहानामा बन्द हुन दिँदैनौँ ।” उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उहाँको भनाइ थियो ।

सांसद गुरुङका अनुसार सातामा एक दिन रुम्जाटार विमानस्थलमा उडान हुनेछ । विभिन्न बहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उडान रोकिएको दुई वर्षपछि नेपाल एयरलाइन्सले सातामा एक दिन रुम्जाटारमा उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

हवाई इन्धन केन्द्र बनाइने 

रुम्जाटार विमानस्थललाई पूर्वी पहाडको हवाई इन्धन केन्द्र बनाउने विषयमा अध्ययन भइरहेको प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले बताउनुभयो । केन्द्रका लागि उपयुक्त ठाउँ भएको विज्ञले बताएसँगै वायु सेवा निगम र सरोकारवालाबीच छलफल गरेर पहल थालिएको उहाँको भनाइ थियो ।

“लामो समयको अथक प्रयासपछि रुम्जाटारमा नियमित उडान गराउन सफल भइयो । अब हवाई इन्धन केन्द्र पनि बनाइनेछ”, सांसद सुनुवारले भन्नुभयो ।

“दर्जनौँ पटक म आफैँ मन्त्रालय र निगममा पुगेर समस्या राखेको छु । अरू साथीहरुको सक्रियता पनि उत्तिकै छ । अब उडानलाई व्यवस्थित बनाउनेतर्फ हामी लाग्छौँ ।”

सांसद सुनुवारले यात्रु नपाएर उडान भर्न नसकिने अवस्था आउन नदिन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । तीन वर्षअघि धावनमार्गमा कालोपत्र गरिएको रुम्जाटार विमानस्थल पूर्वीपहाडको सुरक्षित हवाई गन्तव्यका रुपमा लिइन्छ । 

स्थानीयवासी लाभान्वित 

रुम्जाटारमा हुने नियमित उडानले स्थानीयवासीलाई फाइदा हुने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । चाडपर्वका समयमा सवारीसाधन रिजर्भ गरेर ओखलढुङ्गा आउनुपर्ने सर्वसाधारणलाई रुम्जाटारमा पनि हवाई उडान भएपछि जिल्ला आउजाउ गर्न सजिलो हुने उहाँको भनाइ थियो ।

जिल्ला अस्पतालबाट सिफारिस गरिएका बिरामीलाई हेलिकोप्टर चार्टर गर्न बाध्य हुनुपर्ने अवस्था पनि नियमित उडानले अन्त्य हुने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

निर्वाचनताका विभिन्न दलका नेताले उडान सञ्चालन गराउने प्रतिबद्धतासमेत जनाएका थिए भने वर्तमान नगरप्रमुख श्रेष्ठको पनि मुख्य कार्यसूचीमा परेको थियो ।

रुम्जाटारकै प्रदेशसभाका सांसद अम्विरबाबु गुरुङले पनि यसलाई मुख्य चुनावी एजेण्डा बनाउनुभएको थियो । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले पनि तत्काल विमान सञ्चालन गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group