ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला काण्ड : यी व्यक्तिहरू फस्ने भए


एबीसी न्यूज
२२ आश्विन २०७५, सोमबार   ७ : ४८   बजे


काठमाडौं, २२ असोज । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ ।
छानबिन समितिले तयार पारेको उक्त प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट र निर्मलाकी साथी भनिएकी रोशन र उनकी दिदी बबिता बमको भूमिका शंकास्पद भएको उल्लेख छ । साथै समितिले विष्ट र म दिदीबहिनीमाथि थप अनुसन्धान गर्नुपर्ने निष्कर्षसहित सुझाव दिएको छ ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित छानविन समितिले बम दिदीबहिनीले दिएको बयान र तथ्य फरक–फरक देखिएको भन्दै उनीहरुको भूमिकालाई शंकास्पद भनेको हो । प्रतिवेदनमा भनिएको छ– ‘मृतक निर्मलाको हत्या घटनासम्बन्धी प्रमाण संकलनमा खटिएका प्रहरीले लापरबाही र हेलचेक्र्याइँ गरेको देखिएको छ ।’

समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्कुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । त्यसअघि नै तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका थिए ।

समितिको निष्कर्षमा थप उल्लेख छ– ‘मिति २०७५ साउन ११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा गरिएको घटनास्थल लास जाँच मुचुल्कामा निर्मलाको कापी साइकल रहेको स्थानदेखि १ मिटर टाढा पानीमा रहेको भन्ने व्यहोरा लेखिएको देखिन्छ । छानविन समितिले हेर्दासमेत कापीमा अलिअलि पानीका थोपा परेको बाहेक भिजेको देखिँदैन । उक्त कापीमा नीलो जेल पेनले लेखिएको छ र कुनै पनि अक्षरहरु नष्टसमेत भएको देखिएन ।’

सरकारले हत्या भएको ७४ दिनसम्म दोषीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । नेपाल समाचार पत्र बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu