ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई असफल हुने छुट छैन – भट्टराई


एबीसी न्यूज
२२ आश्विन २०७५, सोमबार   ११ : ५५   बजे
जापान, २१  असोज ।  नेकपा स्थाई कमिटिका सदस्य योगेश भट्टराईले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन ।
कम्युनिस्टको सरकार देख्न नचाहाने शक्तिले असफल बनाउन षड्यन्त्र गरेकाले सरकारले होसियार भएर काम गर्नु पर्ने बताए । उनले अहिलेको सरकार असफल भए मुलुकको भविष्य नै सकिने हुदा सरकारलाई असफल हुने छुट नभएको उल्लेख गरे । नेपाल पत्रकार महासघं जापानले टोकियोमा आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा बोल्दै नेता भट्टराईले नेपाल कम्युनिष्टको सरकारलाई असफल बनाउन देश भित्र र देश बाहिराबाट विभिन्न शक्तिहरुले चलखेल गरेको पनि आरोप लगाए ।
२००७ सालदेखि कस्तो ब्यबस्था आउला भन्ने छलफलको विषयलाइ समाप्त पार्दै, एतिहासिक संविधान निर्माण गरेको र बहुमत सहितको नेतृत्व गरेको सरकार कुनै पनि हालतमा असफल नहुने दावि गरे । उनले देशको आर्थिक समृद्धी अहिले प्रमुख एजेन्डा भएको उल्लेख गर्दै बर्तमान सरकार, जनप्रतिनिधि सबैको ध्यान त्यतै तर्फ केन्द्रित भएको संकेत गरे ।
विश्वमा औधौगिक क्रान्तिले द्रुत गतिलिएको बेला अधिल्लो राजनैतिक नेतृत्व र ब्यबस्थाले औधौगिक विकासलाई द्रुत गति दिननसकेकाले मुलुक पछाडि परेको भन्दै अहिलेको सरकारले विश्वमा भएको टेक्नोलोजीको प्रयोग गर्दै सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि गर्ने बताए । उनले मुलुकमा धनि धनि हुदै जाने गरिब गरिब हुदै जाने समृद्धि नभई ग़रीब र धनि विचको खाडललाई मेटाउदै समाजबादि न्याय सहितको समृद्धी ल्याउने उल्लेख गरे ।
औधौगिक अवलोकन भम्रणका लागि जापान आएका नेता भट्टराईले विकासित राष्ट्रहरुले पुजि भएर मात्रै विकास नभएकोले देशको विकासका लागि निती संकल्प, प्रतिबद्धता र दृढ़शक्ति आवस्यक पर्ने बताए । सरकारले सन २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेकाले प्रवासमा रहने नेपालीहरुले सरकारको योजना सफल पार्न हतेमालो गर्दै जापानमा रहेका ८० हजार नेपाललीले एक जनाले १० जना जापानि नागरिकलाई नेपाल पठाउन अग्रह समेत गरे । फरक प्रसङगमा नेता भट्टराईले देशमा भएको हत्या र बलात्कार प्रति दुख ब्यक्त गर्दै दोषिलाई कानुनी कठघरामा ल्याएरै छाडने दावि गरे । उनले घटनाको विषयमा सुष्म अनुसन्धान भईरहेको र छिटै दोषिलाई कानुनि दायरामा ल्याउने बताए ।
पछिल्लो समय पार्टि भित्र नेताहरुविच दोहोरी भईरहेको छ नि भन्ने पत्रकारको जिज्ञाषालाई मेटाउदै नेता भट्टराईले दोहोरी पनि एक बिदा हो , दोहोरी गाउनेहरु पनि शुरुमा छेड़खानी गर्छन अन्तमा मिल्छन, त्यस्तै पार्टिमा पनि नेताहरुका विच दोहोरी चल्नु अनौठो होईन यसले निष्कर्ष दिन्छ ,”नेता भट्टराई भन्छन” ।
उनले चार प्रधानमन्त्रि भएको नेपाल कम्युनिस्ट पार्टि, नेताहरुको पनि नेता भएको पार्टि भएकोले नेताहरुको ब्यक्तित्को व्यवस्थापन गर्दै पार्टिलाई बिधि संवत र बैधानिक तरिकाले संचालन गर्नको लागि छलफल भएको बताए । नेपाल पत्रकार महासघ जापानका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार सहित पार्टिका भातृसगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । औधौगिक भ्रमणका लागि शुक्रवार जापान आएका नेता भट्टराईले नागोयामा रहेको औधौगिक क्षेत्रको अवलोकन सगै नागोया तथा टोकियोमा पार्टिका कार्यकर्ताहरुसग समसामयिक राजनितीक विषयमा अन्तरक्रिया समेत गरेका थिए !

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group