काठमाडौँ , २४ असोज । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले पदबाट राजीनामा दिएकी छन् । साउथ क्यारोलिनाकी पूर्व गभर्नरसमेत रहीसकेकी हेलीको राजीनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा स्वीकृत गरेका छन् ।
ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आगामी दुई–तीन साताभित्रै हेलीको स्थानमा अर्को व्यक्ति पठाइने जानकारी दिए । उनले निकी हेलीसँग पुनः काम गर्न चाहेको र यसका लागि जुनसुकै पद पनि छान्न सकिने बताए ।
ट्रम्प प्रशासनले हेलीलाई सन् दुई हजार १७ को जनवरीमा संयुक्त राष्ट्र संघका लागि राजदूत बनाएको थियो । हेलीले राजीनामाको कारण भने खुलाएकी छैनन् ।
प्रतिक्रिया दिनुहोस्