ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमै सचेत हुन सके दृष्टिविहीन हुनबाट बच्न सकिन्छ : निर्देशक प्रा.डा. शर्मा


admin
२५ आश्विन २०७५, बिहिबार   ४ : २९   बजे

काठमाडौं, २५ असोज । आँखा सेवा सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । स्वाथ्य मन्त्रालय, नेपाल नेत्रज्योति सङ्घ, नेपाल आँखा अस्तपताल लगायत विभिन्न स्वास्थ्य संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाईएको हो ।

विभिन्न आँखा अस्पतालहरुले आज निःशुल्क उपचार सहित मोतिविन्दुको निःशुल्क शल्यक्रिया सहित अन्य सेवा निःशुल्क सेवा समते प्रदान गरेको छ ।
त्यस्तै विपि कोइराला लायन्स सेन्टर महाराजगन्जका कार्यकारी निर्देशक तथा आँखा रोग विशेषज्ञ प्रा.डा. आनन्द कुमार शर्माले आँखा मानव शरीरको संवेदनशील अङ्ग भएकाले आँखाको सुरक्षा गर्न सके दृष्टिविहीन हुनबाट बच्न सकिने बताउनु भएको छ ।

विशेष गरि कुपोषण, भिटामिनको कमी, वंशााणुगत र जथाभावी औषधिको प्रयोगका कारणले आँखाको ज्योति गुम्ने गरेको उहाँको भनाई छ । विश्व आँखा दिवसको अवसरमा अस्पतालले निकालेको र्यालीलाई सम्बोधन गर्दै निर्देशक डा. शर्माले पाँच कारणबाट अन्धोपना हुने गर्दछ । मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, मधुमेह, भिटामिन ‘ए’को अभावका कारण अन्धोपन हुने गरेको बताउनु भयो ।

नेपालमा ट्रकोमाका कारण पनि अन्धोपना हुने भए पनि हाल त्यो कन्ट्रोलमा आईसकेको उहाँले बताउनुभयो । विशेष गरि स्कुल–कलेजमा विद्यार्थी भर्ना गर्नुभन्दा अगाडी र ४० वर्ष नाघेका सबैले समयमा आँखा परीक्षण गरेर बेलैमा शल्यक्रिया गरेमा मोतिविन्दुबाट पनि बच्न सकिने उहाँ बताउनु हुन्छ ।

नेपालमा हरेक वर्ष दुई लाख जना भन्दा बढि आँखाका बिरामीकोे मोतिविन्दुको शल्यक्रिया हुन्छ । आँखा विशषज्ञको कमिले समयमै उपचार तथा शल्यक्रिया गर्न नसकेको उहाँ बताउनु हुन्छ ।

अन्धोपनाको अर्काे कारण वंशाणुगत रोग जलविन्दु हो । जलविन्दु लागिसकेपछि पुनः दृष्टि फर्काउन कठिन हुन्छ । समयमै रोग पत्ता लागेमा रोगथाम गर्न सकिन्छ, उहाँ भन्नुहुन्छ, “ अन्धोपनाको अर्काे कारण चोटपटक हो । आँखामा चोटपटक लागेमा अल्सर भएर फुलो पर्ने गर्दछ । यस्तो अवस्थामा हेलचेक्र्याईं नगरी तत्काल चिकित्सकको सल्लाहमा उपचार थालेमा आँखा बचाउन सकिन्छ ।

” नेपालमा आफूखुशी औषधि प्रयोग गरेर धेरै दृष्टिविहीन भएको उहाँको दावी छ ।
मधुमेहका बिरामीले समय समयमा आँखाको परीक्षण गरेमा आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ । बालबालिका जन्मदैमा अन्धोपना भएको हुन सक्छ । त्यस्ता बालबालिका पढाइमा पनि कमजोर हुने गर्दछन् । कक्षाकोठाको पाटीमा लेखेको नदेख्ने समस्या हुन सक्छ ।

समयमै परीक्षण गरेर उपचार थालेमा बालबालिकालाई अन्धो हुनबाट जोगाउन सकिने डा. शर्मा भन्नुहुन्छ, “बालबालिकालाई विद्यालय पठाउनुपूर्व आँखाको परीक्षण गर्न सकेमा दृष्टिविहीन हुनबाट बचाउन सकिन्छ ।”

नेपाल विश्व स्वाथ्य संगठनको मापडण्ड अनुसार आँखा उपचारमा गुणस्तरीय सेवा दिन दक्षिण एशियामा नै सफल भएको बताउनु हुँदै भारत लगायत अन्य देशबाट पनि आँखाको उपचार तथा शल्यक्रियाका लागि नेपाल आउने गरेको उहाँको दावी छ ।

संघिय व्यवस्थापन गर्दै सबै प्राथमिक उपचार केन्द्रहरुमा आँखा विशषज्ञको पद सिर्जना गरि व्यवस्था गर्न राज्यलाई सुझाउनु हन्छ उहाँ । यसो गर्न सकेमा आँखा रोगिले समयमै उपचार पाउने आँखाको रोगीको कमी गर्न सकिने उहाले बताउनु भयो ।

सो अवसरमा विपि कोइराला लायन्स सेन्टर महाराजगञ्जले ‘आँखा सेवा सबैका लागि’ नारा लेखिएको ब्यानर र प्लेकार्ड साथ र्याली निकालीएको थियो । र्याली महाराजगञ्ज अस्पतालदेखि नाराण्यण गोपालचोक हुँदै अस्पताल आई सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group