सुर्खेत,२८ असोज । ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत दुई प्रहरी घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र जवान तिलक लामिछानेलाई घुस लिँदालिँदै पक्राउ गरेका हुन ।उनीहरुले पञ्चपुरी नगरपालिकाका सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियारको फन्दामा परेका छन।
पञ्चपुरीको सालकोटस्थित अस्थायी प्रहरी पोष्टबाट १५ हजार घुस रकम मागेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको आयोगको सुर्खेत कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीले जानकारी दिएका छन ।
आईजीपी सर्वेन्द्र खनालले भ्रष्टचारी र घुसखोरी प्रहरीलाई राजीनामा दिन निर्देशन दिएका थिए
प्रतिक्रिया दिनुहोस्