ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जङ्गल क्षेत्रमा भविष्य खोज्दै पूर्व लाहुरे


admin
३० आश्विन २०७५, मंगलबार   ११ : १९   बजे

कुश्मा, ३० असोज । आफ्नो ऊर्जाशील समय पल्टनमा बिताएका यहाँका लाहुरेले खेर गइरहेको वनमा पनि पसिना बगाउन थालेका छन् ।जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङमा जङ्गलभित्रको उपयोगविहीन वन क्षेत्रमा उनीहरुले लटरम्म अलैँची फलाएर सबैसामु उदाहरण प्रस्तुत गरेका हुन् । स्थानीय २५ जनाको समूहले लोसे पाखाको उत्तिसको जङ्गलमा ४ वर्षअघि अलैँची खेती गर्दै आएका छन् ।

प्राविधिकको सल्लाहबमोजिम पहिलो पटक कास्कीको ल्वाङ घलेलबाट ९० हजार अलैँचीका विरुवा ल्याएर रोपिएको थियो । रोपिएको एक वर्षमै अपेक्षाभन्दा निकै राम्रा बोट भएपछि उनीहरूले दोस्रो वर्ष पनि करीब ५० हजार बिरुवा थपे । अहिले स्थानीय ५ र ६ वडाका करीब ४० परिवारको ४०० रोपनी आवादी जङ्गलमा पनि अलैँची रोप्नु भएका लाहुरेले आगामी वर्ष नजिकैको सामुदायिक वनमा पनि यसलाई विस्तार गर्ने योजनामा छन् ।

अलैँचीले गतवर्षबाट फल दिन शुरु गरिसकेको छ । अलैँची खेतीमा २५ जनाले समान लगानी गरेकामा १५ जनाभन्दा बढी पूर्व लाहुरे छन् । भौगोलिक हिसावले दूर्गम भएकाले रोजगारी र आम्दानीको खोजीमा बसाइँसराई र युवा पलायन बढेपछि पोखरा, चितवन, काठमाडौँलगायतमा बस्दै आएका पूर्वलाहुरेहरु गाउँमा फर्केर अलैँची खेतीमा सम्लग्न छन् ।

अलैँची खेती शुरु गरेपछि अहिले ५० भन्दा बढी युवाले रोजगारी पाएका छन् । अलैँचीमा मात्रै रु दुई करोड भन्दा बढी लगानी भइसकेको छ ।

भौगोलिक हिसावले रामशाही र गोलशाही जातको अलैँची राम्रो फस्टाउने जमिन यहाँ छ । अलैँची फस्टाएपछि हौंसिएका स्थानीयले यो वर्षबाट नजिकैको सामुदायिक वनको गैरकाष्ठ झाडी फाँड्न शुरु गरेका छन् ।समुन्द्री सतहबाट १५ सय देखि १८ सय मिटर उचाइसम्म फैलिएको जमिनमा उत्तिसको जङ्गलको छाया र कालो माटो भएकाले अलँचीका लागि उपयुक्त भएको कृषि प्राविधिकको राय छ ।

“त्यहाँको भूगोल र माटो अलैँचीका लागि अति उपयोगी छ’, वरिष्ठ कृषि विकास अधिकृत वासुदेब रेग्मीले भन्नुभयो, अब त्यो क्षेत्रलाई अलैँचीको पकेटक्षेत्र घोषणा गरेर जङ्गलभरी अलैँची विस्तार गर्ने सोचमा छौं ।”

“अबको तीन वर्षमा हामीले अपेक्षा गरेको आम्दानी लिन सक्छौं” अलैँची खेती गर्दै आउनुभएका नारायण गुरुङले भन्नुभयो, “सबै जमिनमा रोप्न सके रु दुई अर्बको अलैँची निर्यात गर्न सकिन्छ । अलैँची विशेष गरी मसला र उच्च गुणस्तरको मदिरा उत्पादनका लागि भारत, चीन, श्रीलङ्कालगायतका मुलुकमा निर्यात हुने गरेको छ ।

अलैँची व्यवसाय विस्तार गर्न चाहेमा अझै १५ सय रोपनीभन्दा बढी जमिन छ । केही वर्ष अघिदेखि पर्वतमा विभिन्न कृषिसँग सम्बन्धित पेशामा स्थानीयबासीले रुची देखाउन थालेका छन् ।

विदेश गएर फर्केका युवाहरु, सेवानिवृत्त भएका लाहुरे तथा शिक्षक, कर्मचारी, उच्च शिक्षा हासिल गरेका युवायुवतीसमेत व्यवसायिक कृषिमा आकर्षित हुँदै जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group