बैतडी, ३१ असोज । दशैका लागि घर फर्किन लागेका यात्रुसँग बस तथा जीप व्यवसायीले चर्को भाडा लिई ठगिने गरेका छन् ।
भारतबाट झुलाघाट हुँदै घर फर्किने नेपालीसँग जीप व्यवसायीले चर्को भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले व्यक्त गरेका छन् । झुलाघाटदेखि बैतडी सदरमुकामसम्म पुग्दा प्रतिव्यक्ति सय रुपैयाँ र साथमा ल्याएको झोला तथा अन्यसमानको पनि सय रुपैया लिने गरेको गुनासो उनीहरुको छ ।
यसैगरी अत्तरियादेखि बैतडीको भाडा रु. ६०० रहेको छ तर आफूले रु. एक हजार ५० तिरेर आएको बैतडी दशरथचन्द नगरपालिका–४ बुदखोलाका वीरेन्द्र तिरुवाले बताउनुभयो ।
दशैंको बेला यात्रु नठगिउन भनेर प्रहरीले नागरिक सहायता कक्षको स्थापना गरेको भएपनि यात्रुहरुले अनावश्यक भाडा तिर्न बाध्य भएका छन् । भाडा बढी लिएको गुनासो अहिलेसम्म प्रहरीमा नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो । त्यस्तो गुनासो आएमा र त्यस्ता बढी भाडा लिने सवारीसाधन सञ्चालकलाई कारवाही गर्ने उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्