एजेन्सी,३ कात्तिक । श्रीलंकाविरुद्ध तेस्रो एकदिवसीय क्रिकेटमा इङ्ल्यान्ड विजयी भएको छ । गएराति वर्षाले प्रभावित खेलमा इङ्ल्यान्ड ७ विकेटले विजयी भएको हो । जितस“गै इङ्ल्यान्डले पा“च खेलको सिरिजमा २–० ले अग्रता बनाएको छ ।
यसअघि दोस्रो एकदिवसीय खेलमा इङ्ल्यान्डल ३१ रनले विजयी भएको थियो भने पहिलो खेल नतिजाविहीन बनेको थियो । केन्डीमा भएको खेल वर्षाका कारण केही ढिला सुरु भएको थियो । त्यसपछि २१ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १५० रन जोडेको थियो ।
श्रीलंका लागि निरोशन डिक्वेलाले ३६, सदिरा समाराविक्रमाले ३५ तथा कप्तान दिनेश चण्डीमालले ३४ रन जोडे । इङ्ल्यान्डका आदील राशिदले ४ तथा टम कुरणले ३ विकेट लिए ।
श्रीलंकाले दिएको १५१ रनको लक्ष्य इङ्ल्यान्डले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा र्गयो । इङ्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जासन रोयले ४१ रन जोड्दा बेन स्टोक्सले अविजित ३५ रन जोडे । श्रीलंकाका लागि अमिला अपोनसोले २ तथा अकिला धननज्यले १ विकेट लिए
प्रतिक्रिया दिनुहोस्