एजेन्सी,४ कात्तिक । स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–२ ले पराजित गरेको छ ।
बार्सिलोनाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । कप्तान लिओनल मेसीको पासमा फिलिप कोउटिन्होले सुरुवाती गोल गरे । १२ औं मिनेटमा कप्तान मेसीले नै अग्रता दोब्बर पारे ।
उनले अर्का फरवार्ड लुइस सुआरेजको पासमा कुनै गल्ती गरेनन् । पहिलो हाफमा केही थप अवसर सिर्जना गरेपनि बार्सिलोना अग्रता बढाउन असफल रह्यो। खेलको २६ औं मिनेटमा बार्सिलोनालाई धक्का लाग्यो । फ्रान्को भाज्केज र लिओनेल मेसी बलको लागि जुध्दा लड्ने क्रममा मेसीको का“धमा चोट लाग्यो ।
दोस्रो हाफको ६३ औं मिनेटमा लुइस सुआरेजले बार्सिलोनालाई ३–० ले अगाडी पु¥याए। गोलरक्षक टोमस भाक्लिकको गल्तीमा सुआरेजले प्राप्त पेनाल्टीलाई सहजै गोल गरे । ७९ औं मिनेटमा पाब्लो सराबियाले सेभिल्लाक लागि गोल फर्काए । इभान राकीटिचले ८८ औं मिनेटमा गोल गर्दै पुनः ३ गोलको अग्रता कायम गरे ।
अन्तिम मिनेटमा सेभिल्लाका लुइस मुरिएलले गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याए । यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । बार्सिलोनाले ९ खेलमा १८ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्