काठमाडौं ,४ कात्तिक । शनिबारदेखि घटेको अमेरिकी डलरको भाउ आइतबार पनि कायम रहेको छ ।
डलरको भाउ शनिबार ९८ पैसाले घटेको हो । राष्ट्र बैंकले शनिबार का लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६२ पैसा तोकेको थियो । आइतबार पनि सोही दर कायम रहेको छ ।
शुक्रबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६ पैसा थियो । केही दिनयता बढिरहेको अमेरिकी डलरको भाउ शनिबारदेखि थोरै घटेको हो । डलरको भाउ बढ्दा नेपालमा विदेशबाट आयात हुने सामान मह“गो हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्