ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा अब खेल पर्यटनको ‘केन्द्र’मा विकास हुँदै


admin
४ कार्तिक २०७५, आइतबार   ३ : ०९   बजे

काठमाडौं,४ कात्तिक । पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु हुँदैछ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो ।“नेपालकै पर्यटकीय नगर पोखरामा पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० गतेसम्म आयोजना गर्दैछौँ । हामी यसको अन्तिम तयारीमा छौँ । प्रतियोगिता नजिक आइसकेकाले स्वाभाविक रुपमा व्यस्त नै छौँ”, उहाँले भन्नुभयो ।

“मुम्बईबाट क्युरेटर मगाएर चार स्थानमा पिच गरिसकेका छौँ । कीर्तिपुरबाट ग्राउण्ड स्टाफ लगेर आउटफिल्डको काम पनि अन्तिम चरणमा पु¥याएका छौँ ।

दर्शकका लागि अस्थायी प्यारापिट निर्माण पनि अन्तिम अवस्थामा पु¥याएका छौँ । प्लेयर बक्स, मिडिया बक्स, भिआइपी बक्सलगायत निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ”, निर्देशक लामाले भन्नुभयो ।

पोखरा रङ्गशालाबाट माच्छापुच्छ«े र अन्नपूर्ण शृङ्खला स्पष्ट देखिन्छ । पोखरा प्रिमियर लिगमा अन्तर्राष्ट्रिय खेलाडीको पनि उपस्थिति हुने भएकाले विश्वमै पोखरा बारे राम्रो सन्देश जन्छ । यसले गर्दा सरकारको नेपाल भ्रमण वर्षको अभियानमा पनि सहयोग पुग्ने आयोजकको विश्वास छ । क्रिकेट लिगले खेलाडीको व्यावसायिकतासँगै पोखराको पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुग्ने आशा गरिएको छ ।

पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिएको छ । पिपिएलले नेपालको क्रिकेट विकासमा सहयोग तथा नयाँ खेलाडीको प्रतिभा पहिचानमा समेत मद्दत पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरेको निर्देशक लामाको भनाइ छ ।

यसअघि प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ ।प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् ।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् । त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्वमा पूर्व क्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोली र मार्की प्लेयरमा सन्दीप लामिछाने छन् ।

बुटवल ब्लास्टर्सको टोली स्वामित्वमा रामबहादुर विष्टसहितको व्यावसायिक युवा टोलीे छ भने मार्की प्लेयरमा सोमपाल कामी छन् ।

पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेली सहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर छन् ।एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छन् । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्वमा राज्यलक्ष्मी गोल्छा र मार्की प्लेयरमा ज्ञानेन्द्र मल्ल छन् ।

प्रतियोगितको विजेताले रु २५ लाख पुरस्कार पाउनेछ भने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउनेछन् । प्रतियोगिताको बैंकिङ पार्टनर नविल बैंक रहेको छ भने हस्पिटालिटी पार्टनरमा ओयो र मेडिकल पार्टनरमा ग्राण्डी अस्पताल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu