काठमाडौं, ५ कातिक । सोलुखुम्बुको लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दुई वटा हेलिकप्टर ठोक्किएका छन् ।
एयर डाइनेष्टी र माउन्टेन हेलिकप्टर बिहान ११ः४० बजे ठोकिएको हो । एअर डाइनेस्टीको हेलिकप्टर टेकअप हुने क्रममा हेलिप्याडमा रहेको विथ्री मोडलको नाइन एन एके बी को माउण्टेन हेलिकप्टरमा ठोकिन पुगेको विमानस्थलले जानकारी दिएको छ ।
माउण्टेन हेलिकप्टरको पंखा चर्केर काम नलाग्ने अवस्थामा छ भने पछाडि प्वाल परेको बताइएको छ। हेलिप्याड साँघुरो भएकाले टेकअप हुँदा हावाले पंखा घुमेपछि क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुईवटा साँघुरो बारीमा नागरिक उड्यान प्राधिकरणले पाँच वटासम्म हेलिकप्टर एकै पटक अवतरण गर्ने अनुमति दिएको छ। नागरिक उड्यान प्राधिकरणको लापरवाहीका कारण हेलिकप्टर दुर्घटना भएको स्थानीयको आरोप छ।
प्रतिक्रिया दिनुहोस्