ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो वर्ष इतिहासकै बढी धान उत्पादन


admin
१६ असार २०७४, शुक्रबार   ११ : ४३   बजे

काठमाडौ, १६ असार । यो आर्थिक बर्ष २०७३ /७४ मा नेपालमा इतिहासकै बढी धान उत्पादन भएको छ ।
यो बर्ष नेपालमा करिब ५२ लाख मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क सार्वजनिक भएको छ । चौधौ धान दिवसका अवसरमा बिहीबार चितवनको पर्यटकीय नगरी सौराहामा भएको रोपाई विशेष कार्यक्रममा बोल्दै चितवनको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख एवं वरिष्ठ कृषि बिकास अधिकृत सुधिर श्रेष्ठले नेपालमा यो आर्थिक बर्षमा इतिहासकै बढी धान उत्पादन भएको बताउनुभयो । उहा“ले बढी धान उत्पादन भए पनि त्यतिले देशभर जनतालाई बर्षभर भात खान भने नपुग्ने बताउनुभयो । देशभरको माग अहिले करिब ५८ लाख ८७ हजार मेट्रिक टन रहेकाले अझै पनि ७ लाख मेट्रिक टन धान अपुग हुने उहाँको भनाई छ ।
चितवनमा भने यो बर्ष राम्रो धान उत्पादन भएको छ । चितवनमा कुल ८० हजार मेट्रिक टन धानको माग रहेको र अहिले जिल्लामा १ लाख २० हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको छ । धानको उत्पादन बढाउनुपर्ने भएकाले अब देशभर सिचाँई क्षेत्रको बिस्तार गरेर बर्षको दुई बाली धान उत्पादन गर्न सके देशको माग पुरा हुने कृषि बिकास मन्त्रालयका सह सचिव अच्युत प्रसाद ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

सम्बन्धित

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

अर्थतन्त्र सुधार्न प्रधानमन्त्री बालेन्द्र शाहको अग्रसरता: निजी क्षेत्रसँग संवादको ‘आइसब्रेक’, धरपकडबाट नडराउन आश्वासन

निजी क्षेत्रलाई राहत दिने मौद्रिक नीति: कर्जा र लगानीमा व्यापक सहजीकरण (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu