बाँके, ७ कात्तिक । ज्याला वृद्धिको माग गर्दै बाँके जिल्लाको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क)मा कार्यरत दैनिक ज्यालादारी मजदुर आन्दोलनमा उत्रेका छन् ।
सरकारले तोकेको न्यूनतम तलब (पारिश्रमिक)नपाएको बताएका उनीहरूले राजपत्रमा प्रकाशित भए बमोजिमको दैनिक ज्याला पाउनुपर्नेमा जोड दिँदै मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
मजदुर भरत नेपालीले अहिले दैनिक काम गरेबापत रु ३७५ मात्र पाउँदै आएको बताउनुभयो ।
राजपत्रमा दैनिक ज्याला न्यूनतम रु ५१७ उल्लेख छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका कृषि वैज्ञानिक डा। दिनेश यादवका अनुसार मजदुरको माग माथिल्लो तहमा पठाइएको छ । सो केन्द्रमा झण्डै १५० भन्दा बढी मजदुर दैनिक ज्यालादारीका रूपमा काम गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्