ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिमेडिसिन सेन्टरबाट उपचार सेवा प्रभावकारी बन्दै


admin
७ कार्तिक २०७५, बुधबार   १२ : ०६   बजे

 


पर्वत, ७ कात्तिक । यहाँको एक विकट गाउँमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएपछि गाउँलेले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन् । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा स्थानीय चार भञ्याङ सेवा केन्द्रले सञ्चालन गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले सर्वसुलभ रुपमा उपचार सेवा पाएका हुन् ।

ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विदेशी विषेशज्ञ डाक्टरले स्वास्थ्य सेवा दिन थालेपछि स्थानीय बासिन्दा लाभान्वित बनेका हुन् । अहिले उक्त सेन्टरमा बिरामीको भीड लाग्न थालेको छ ।

हाल स्वास्थ्य केन्द्रबाट क्षारे, मानसिक समस्या, पिसाब, छालारोग र नशाका जटिल समस्या भएका बिरामीले स्वदेशी तथा विदेशी विषेशज्ञ डाक्टरहरुबाट स्वास्थ्य सेवा लिइरहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रका प्रमुख रोशन गुरुङले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्रले इन्टरनेटको माध्यमबाट स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र विषेशज्ञको सल्लाहमा औषधि उपचार हुने गरेको हो । प्रविधिको प्रयोग गरी स्थानीयवासी १२० जना विभिन्न रोगका बिरामीमध्ये अधिकांश बिरामी निको भएको र केहीले नियमित औषधि सेवन गरिरहेको गुरुङले जानकारी दिनुभयो ।

लामो समयदेखि नशाको समस्याले हिँडडुल गर्नसमेत समस्यामा रहेका फलेवास नगरपालिका–८ का ३८ वर्षीय अर्जुन कुँवरले यही केन्द्रबाट उपचार सेवा लिएर हाल निको भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो नशाको समस्याले गर्दा हिँडडुल गर्न नसक्ने अवस्था थियो । यही आएर विशेषज्ञ डाक्टरको सुझावका आधारमा नियमित उपचार गरे, अहिले सहज रुपमा निको भएको छ ।” उहाँले हाल विदेशी डक्टरको सल्लाहमा घाँटीको नशाको शल्यक्रिया गरेपछि आफ्नो समस्या समाधान भएको बताउनुभयो ।

उहाँ जस्तै दर्जनौं बिरामी यहाँ आएर निको भएको स्वास्थ्य केन्द्रले जनाएको छ । उक्त केन्द्रमा उपचार गर्न आउने बिरामीमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई केन्द्रले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा समन्वय गरी उपचारका लागि पठाउने गरेको छ भने अन्य सामान्य बिरामीलाई यहीबाट सेवा दिने गरेको छ ।

विसं २०६६ मा बेलायतमा रहेका नेपालीको सङ्गठन चार भञ्ज्याङ तमु समाज यूकेको पहलमा स्थापना भएको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने गरेको प्राथामिक स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवामा प्राथमिक सेवामा दैनिक २५ जनासम्म बिरामीले सेवा लिन आउने गरेका छन् भने टेलिमेडिसिन सेवाअन्तर्गत हालसम्म १०७ जनाले सेवा पाएका छन् ।

टेलिमेडिसिन सेवा प्रभावकारी भएपछि हाल फलेवास नगरपालिका कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, विहादी गाँउपालिका र छिमेकी जिल्ला बागलुङ, र गुल्मीदेखि पनि सेवा लिन बिरामी यहाँसम्म आउने गरेका छन् ।

यस केन्द्रमा टेलिमेडिसी सेवाका अतिरिक्त हरेक वर्ष विदेशी विषेशज्ञ डाक्टरको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजन गर्ने गरिएको छ, भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वास्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आएको प्रमुख गुरुङले जानकारी दिनुभयो ।

उक्त संस्थाको स्वस्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि एम्बुलेन्स सेवा समेत सञ्चालनको तयारीमा रहेको केन्द्रले जनाएको छ । देशका विकट स्थानमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन यस किसिमको सेवालाई देशका अन्य स्थानमा पनि विस्तार गर्दै लैजानुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group