ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी मन्त्री बिना मगरको निर्देशनमा ७ वटै प्रदेशमा छानबीन समिति गठन (काे काहाँ नामसहित)


एबीसी न्यूज
७ कार्तिक २०७५, बुधबार   ७ : ५०   बजे


काठमाडौं, ७ कार्तिक । खानेपानी मन्त्रालयले बजेट रकमान्तरका बारेमा छानविन गर्न सात वटै प्रदेशमा छानवीन समिति गठन गरेको छ ।

खानेपानी मन्त्रीको निर्देशनपछि बुधबार दिउँसो खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकले छानविन टोली गठन गरेको हो । बैठकले रकमान्तरका विषयमा सार्वजनिक भएका विषयबारे सत्यतथ्य बुझेर १५ दिनभित्र बुझाउन टोलीलाई निर्देशन दिएको छ ।

अनुगमनमा टोलीमा प्रदेश नं। १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश नं। २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश नं। ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र ढंगाल, प्रदेश नं। ४ मा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र लोकबहादुर खड्का रहेका छन् ।

त्यसैगरी प्रदेश नं। ५ मा प्रदीप मुडवरी, तिलकराम श्रेष्ठ र राजेन्द्र घिमिरे, प्रदेश नं। ६ मा प्रेमकृष्ण सिंह, सुधिर शाह र नवराज न्यौपाने र प्रदेश नं। ७ मा पूर्णप्रसाद उपाध्याय, मधुसुदन खनाल र भक्तबहादुर शाह रहेका छन् । अनुगमन टोलीले रकमान्तरका विषयमा अध्ययन र छानविन गर्नेछ । बुधबार सञ्चार माध्यममा खानेपानी मन्त्रालय मातहतका कार्यालयहरुमा रकमान्तर भएको रकम दुरुपयोग भन्ने आशयका समाचार आएपछि मन्त्रालयले आकस्मिक बैठक आब्हान गरेको थियो । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा बसेको बैठकले यथार्थ बिवरण आएपछि थप निर्णय लिने जनाएको छ ।

मन्त्रालयको स्वीकृति बिना गरिएको रकमान्तर मान्य नहुने भन्दै यथाशिघ्र छानविन टोली गठन गर्न खानेपानी मन्त्री बिना मगरले सचिव ठाकुरलाई निर्देशन दिएकी थिइन् । रकमान्तरबारे थप रिपोर्ट आएपछि पुन बैठक बसेर आवश्यक कार्वाही गर्ने सचिव ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group