ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको कारण साल्ट ट्रेडिङ आर्थिक घाटामा


admin
२७ भदौ २०७४, मंगलबार   ३ : ०५   बजे

काठमाडौँ, २७ भदौ । सरकारको कारण पछिल्लो समय साल्ट ट्रेडिङ कर्पाेरेशनले आर्थिक रुपमा घाटा व्यहोर्नु परेको छ । सरकारको आग्रह र अनुरोधमा भूकम्पपीडितलाई वितरण गर्न आयात गरेको जस्तापाता गोदाममा थन्किदा, चर्काे मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेको चिनी, सुपथ मूल्यको पसलको शोध भर्ना सरकारबाट प्राप्त गर्न नसक्दा कर्पाेरेशनलाई करोडौँ घाटा हुन पुगेको हो ।

कर्पाेरेशनको ५५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव प्रेमकुमार राईले पछिल्लो समय सरकारकै कारण कर्पाेरेशनले आर्थिक घाटा व्यहोर्नु परेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा यस्तो घाटा हुन नदिन मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र काम गर्न सुझाव दिनुभयो ।

दैनिक उपभोगका वस्तु नुन, चिनी, रसायनिक मललगायत वस्तु कर्पाेरेशनले बिक्री वितरण गर्दै आएको छ । नौ महिनासम्म पुग्ने नुन कर्पाेरेशनले मौज्जादसमेत गरेको छ ।

कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पाेरेशनले आगामी दिनमा आफ्नो कामलाई विविधिकरण गर्ने जानकारी दिनुभयो ।

कर्पाेरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पाेरेशनले सरकारको निर्देशनमा काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव कुमुन्दप्रसाद पौडेल र आधिकारिक ट्रेड युनियनका अध्यक्ष मेघराज ज्ञवालीले सरकार र निजी क्षेत्रको सेतुको रुपमा कर्पाेरेशनले काम गरेको बताउनुभयो । पुरस्कार र सम्मान कार्यक्रममा कर्पाेरेशनद्वारा स्थापित २०७४ सालको बाल हितकारी पुरस्कार गरिब तथा अनाथ बालबालिका उद्धार केन्द्र बाँसबारीलाई प्रदान गरिएको थियो ।

मदिराका खेर गएका बोतलबाट काठमाडौँको सुन्दरीजल र गोरखामा आवास निर्माण गरी हाल ६० जना अनाथ बालबालिकालाई सो केन्द्रले आश्रय दिइराखेको छ । गरिब तथा अनाथ बालबालिकाका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै कर्पाेरेशनले सो संस्थाका अध्यक्ष सुधामा कार्कीलाई रु ५० हजार नगदसहितको सम्मानपत्र प्रदान गरेको हो ।

यसैगरी हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट तेजबहादुर कुँवर (अञ्चल कार्यालय धनगढी) र राजबहादुर लामा (डिपो कार्यालय हुम्ला), ईश्वरलाल श्रेष्ठ सेवा पुुरस्कारबाट ओमसिद्धि गुभाजु, सावित्री देवकोटा र कृष्णबहादुर श्रेष्ठलाई प्रदान गरिएको थियो ।

अनङ्गमान छात्रवृत्तिबाट सुशील ढकाल, अनिश श्रेष्ठ र अबिनास पन्त तथा लोकमान छात्रवृत्ति प्रार्थना कुँवरलाई प्रदान गरिएको थियो । कर्पाेरेशनमा २० वर्षभन्दा बढी सेवा गरेका ईश्वर आचार्य, ईश्वरा श्रेष्ठ, रामनरेश प्रसाद, कृष्णलाल चौधरी र मुगादेवी कट्टेललाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

‘हुबहु भाषणलाई ट्रोल बनाइएपछि दुईपटक आत्महत्याको प्रयास गरेँ’

सम्बन्धित

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu